आगमन, पेमा र तहिस्मालाई किड्डीको उपाधि

काठमाडौं । ‘किड्डी फेस अफ दि इयर २०२०’को उपाधि आगमन थापा, पेमा डोमा लामा र तहिस्मा चौहानले चुमेका छन् ।

आगमन बालक सिनियरतर्फ शीर्ष बिजेता चुनिदा बालिकातर्फ पेमा डोमा लामा सिनियर र तहिस्मा चौहान जुनियरतर्फको शीर्ष विजेता घोषित भए ।

तीनै जना बिजेताले उपाधिका साथै बिभिन्न गिफ्ट तथा अवसर पुरस्कार प्राप्त गरे । कार्यक्रममा तीनै बिजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने समेत आयोजकले जनाकारी दियो ।

राष्ट्रिय नाँचघर जमलमा सम्पन्न प्रतियोगितामा बालक सिनियरबाट निकित पौडेल फष्टरनर अप, केन्द्रित पौडेल सेकेन्ड रनरअप चुनिदा बालक जुनियर तर्फ प्रतीक भट्ट फष्ट रनरअप र जयस अग्रवाल सेकेन्ड रनरअफ भए ।

बालिका सिनियर तर्फ ग्रेसी शाक्य फष्ट रनरअप र रिजा सिंह सेकेन्ड रनरअप हुँदा जुनियर तर्फ फष्ट रनरअप ओजस्वी शाक्य र सेकेन्ड रनरअप समिरा मकाला चुनिए ।

९ देखि १४ बर्षसम्मका ७ बालक र २५ बालिका गरेर ३२ सहभागी रहेको प्रतियोगितामा बालबालिकालाई जुनियर र सिनियर गरेर छुट्याइएको थियो ।

बालबाललिकाको व्यक्तित्व विकास, क्षमता अभिबृद्धि गर्दै उज्वल भविष्य निर्माणका लागि उनीहरुलाई सक्षम बनाउने उद्देश्यले आयोजित प्रतियोगिता रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको हो ।

प्रतियोगिताको कोरियोग्राफी आयोजक रेडियन्टका प्रवन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर राज फैजुले गरेका थिए ।

निलिमा मास्के श्रेष्ठ (गीतकार तथा समाजसेवी), रोजिका पोखरेल (बिजेता मिस टिन कन्टेष्ट), आस्मा गिरी (चलचित्र अभिनेत्री) मधुसुदन भट्टराई (चलचित्र निर्देशक), आशिष थापा लगायत प्रतियोगिताको निर्णायक रहेका थिए ।

Published : Monday, 2020 January 20, 4:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया