यी हुन् संसारलाई हर्कत देखाएकी नेपाली गायिका

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूलाई महिला प्रहरीले अपमानजनक व्यवहार गरेको आरोप लगाउँदै प्रहरीलाई नानाभाँती गाली गर्ने गायिका आस्था राउतमाथि अनुसन्धान हुने भएको छ ।

प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी कार्यालयल रानीपोखरीलाई गायिका राउतमाथि अनुसन्धान गर्न पत्राचार गरेसँगै उनीमाथि अनुसन्धान हुने भएको हो ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) शैलेश थापा क्षेत्रीले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोको विषयमा छानबिन गर्न निर्देशन दिइएको बताएका छन् ।

गायिका राउतको विषयमा कुरा गर्न महानगरीय प्रहरी कार्यालयल रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलसँग सम्पर्क गर्दा आफू कार्यालयको कामले बाहिर भएको हुँदा बुझेर जानकारी गराउने बताए ।

गायिका राउतले प्रहरीले अपमानजनक व्यवहार गरेको भन्दै सामाजिक सञ्जाल फेसबूकमा लाइभ नै गरी प्रहरीमाथि खनिएकी थिएन् ।

गायिका राउतले लाइभ भिडियोमा प्रहरीलाई डन्ठे, प्यूसा, पुलिस हो कि फुलिसजस्ता अपशब्द पटक–पटक प्रयोग गरेकी छन् ।

भ्वाइस अफ नेपाल जस्तो अन्तर्राष्टियस्तरको रियालिटी शोको जज समेत रहेकी गायिका राउतले प्रयोग गरेको शब्दका कारण उनी नै विवादमा तानिएकी हुन् ।

यद्यपि, अहिले भने उनले त्यो भिडियो हटाइसकेकी छिन् । माफी माग्दै अर्को स्टाटस लेखेर प्रहरीले व्यवहार सुधार गर्नुपर्ने बताएकी छिन् ।

‘रिसको आवेगमा बेद पढिँदैन, मलाई पनि त्यस्तै भयो, केही शब्दहरूका लागि क्षमा चाहन्छु । प्रशासनको कामहरुप्रति मलाई सधै सम्मान छ’, उनले भनेकी छिन्, ‘सर्वसाधारणहरूसँग बोल्दा तुच्छ व्यवहार नगरियोस्, तँ तँ र म म गर्न बन्द गरियोस्, नैतिक शिक्षाको कमी नरहोस् ।’

यसअघि गायक समीर घिसिङ ‘भिटेन’ले अश्लीश शब्द प्रयोग गरी गीत गाउँदा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो ।

उनले माफि मागेपछि भने छाडिएको थियो । अब राउतमाथि चाहि कस्तो कारबाही हुने हो, त्यो भने हेर्न बाँकी छ ।

Published : Thursday, 2020 January 16, 9:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया