एसपी खनालसहितका उच्च प्रहरी अधिकारीले सफाइ पाए

काठमाडौं । सर्वोच्च अदालदतले सुन तस्करी र सनम शाक्य काण्ड प्रकरणमा पूर्वडिआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई सफाइ दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले उच्च अदालत विराटनगरकै फैसलालाई सदर गर्दै उनीहरूलाई सफाइ दिने आदेश गरेको हो ।

उच्च अदालतले विराटनगरले उनीहरूलाई साधारण तारेखमा छाड्ने आदेश गरेपछि उनीहरू नियमित रूपमा कामकाज गर्दै आइरहेका थिए । योसँगै एसएसपी लोहनी, एसपी खनाल, डिएसपी केसी र सई सञ्जेल निर्दोष सावित भएका छन् ।

सुन तस्करीमा मुछिएका महावीरप्रसाद गोल्यानलाई भने १० लाख धरौटीमा माग गरी रिहा गर्न आदेश दिइएको छ ।

गोल्यानलाई उच्च अदालतले थुनामा पठाउन आदेश दिएको थियो ।

अभियोग लागेका अन्य अभियुक्तलाई भने थुनामा पठाउने जिल्ला र उच्च अदालतको आदेशलाई सर्वोच्चले सदर गरेको छ ।

जिल्ला अदालत मोरङ, उच्च अदालत विराटनगर हुँदै सर्वोच्च अदालत आइपुगेको यो मुद्दामा दुइ साता लामो बहसपछि आज टुंगिएको हो ।

सर्वोच्चले पूर्वएसएसपी श्यामबहादुर खत्री, डिएसपी सञ्जयबहादुर राउत, भुजुङ गुरुङ तुलाराम थारु, राजन थापा, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, सम्विरप्रसाद तोलाङ्गे, अमरमान डंगोललगायतलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको छ ।

Published : Friday, 2019 August 2, 6:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया