प्रचण्ड सरकारको ठूलो उपलब्धी, चीनले नेपाललाई ७ वटा गाडी अनुदानमा दिने

काठमाडौं । चीनले परराष्ट्र मन्त्रालयलाई ७ वटा सवारी साधन अनुदानमा दिन लागेको छ ।

चीनले अनुदानमा परराष्ट्र मन्त्रालयलाई दिन लागेको ७ वटा सवारी साधन स्वीकार गर्ने निर्णय नेपाल सरकारले गरेको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले ७ वटा गाडी चीनले दिन लागेको भन्दै मन्त्रिपरिषदमा प्रस्ताव लगेका थिए । चीनले परराष्ट्र मन्त्रालयलाई बीवाइडी कम्पनीका इलेक्ट्रिक गाडी दिन लागेको बुझिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनले दिन लागेको ७ वटा गाडी अनुदानमा लिने निर्णय गरेर निरिहता प्रकट गरेका छन् ।

अमेरिकापछि विश्वको अर्थतन्त्रमा एकलौटी गरिरहेको चीनले नेपाललाई ७ वटा गाडी दिने निर्णय गरेर नेपाली जनताको उपहास गरेको छ ।

Published : Friday, 2024 May 10, 9:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया