सहकारी ठगलाई बचाउन महान्यायाधिवक्ता झुकाब मात्रै होइन, लम्पसरा पर्नुभयो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद समेत रहेका महामन्त्री गगनकुमार थापाले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई बचाउन महान्यायाधिवक्त दीनमणि पोखरेललाई लम्पसार परेको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै थापाले महान्यायाधिवक्ता प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री लामिछानेप्रति झुकाब मात्रै नभइ लम्पसार नै परेको बताए ।
उनले भने, ‘तथ्य हामीले बनाउने होइन होला ? मलाई कसैले आरोप लगाइदिए त, लगाउनु पनि भएको छ ।’

‘मलाई त बनाइदिए हुन्थ्यो भन्ने लाग्छ । समिति बनाइदिएर छानविन गरिदिए त आहा कति राम्रो हुन्थ्यो’, थापाले भने ।

‘सबैले थाहा पाउँथे । किन डराएको ? किन भनेको ? कहिले प्रहरीलाई बोल्न लगाएको छ । कहिले प्रधानमन्त्रीलाई बोल्न लगाएको छ । हुँदाहुँदा कानूनले भन्छ महान्यायाधिवक्ताले कुनै प्रभावमा पर्नु हुँदैन । यहाँ त प्रभाव होइन । झुकाब राख्नु हुँदैन भन्छ । झुकाब होइन । महान्यायाधिवक्ता त झुक्दा झुक्दा लम्पसार नै परिसक्नुभयो ।’

सांसद थापाले प्रश्न गर्दै भने, ‘कन डराएको ? किन आत्तिएको ? के ल्याउने हो र ? के बनाउने हो र ? यदि गल्ती गरेको छैन भने ।’

सांसद थापाले भने, ‘सहकारीको ठगीका सम्बन्धमा यो संसदले छानविन समिति बनाओस् । यो संसदले छानविन समिति बनाउँदै गर्दा यो समितिमा नेकपा (एमाले) बस्ने होला । माओवादी बस्ने होला । रास्वपा बस्ने होला । सबै बस्ने होला । कांग्रेस बस्ने होला । ढिंकी जातो तपाईहरूकै हातमा छ ।’

Published : Friday, 2024 May 10, 6:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया