माधव, झलनाथ र बामदेवलाई झट्का लाग्ने आराेप

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूले विभागको प्रमुख विभागको प्रमुख बन्न दौडधुप गरेकोमा नेता तथा कार्यकर्ताहरूले आश्चर्य व्यक्त गरेका छन् ।

तत्कालीन एमालेको नेतृत्व लिइसकेका र प्रधानमन्त्री समेत बनिसकेका नेताहरूले विभागको संयोजक बन्न मरिहत्ते गरेकोमा नेकपाका नेताहरूले चिन्ता जनाएका छन् ।

नेकपाका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले समेत विभागको संयोजक बन्न होडबाजी गरेपछि आलोचना भएको हो ।

तत्कालीन एमालेको अध्यक्ष र प्रधानमन्त्री भइसकेको व्यक्तले विभागमा भन्दा पनि विभागमा रहने अन्य नेताहरूलाई निर्देशन दिएर खटनपटन गर्नुपर्ने सुझाव सामाजिक सञ्जालमा आएको छ ।

नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले वरिष्ठ र शीर्ष नेताहरूबाट नयाँ नेतृत्व विकासमा बन्ध्याकरण गर्न नहुने टिप्पणी गरेका छन् ।

‘पार्टी र सरकार प्रमुख भइसकेका नेताहरू घुमिफिरी विभाग प्रमुख हुनु नयाँ नेतृत्व विकास प्रक्रिया बन्ध्याकरण गर्नु हो’, उनले भनेका छन्, ‘मार्गदर्शन समिति बनाएर विभागीय कामबाट अध्यक्ष र महासचिवजस्तै उहाँहरूलाई पनि माथि राख्नुपर्छ ।’

‘०४९ र ०७६ मा एउटै व्यक्ति उही विभागमा प्रमुख भइरहने यो कस्तो अपरिहार्यता हो ?’, नेकपाका केन्द्रीय सदस्य थापाले फेसबुकमा स्टाटस लेखेर नेतृत्वप्रति प्रश्न उठाएका छन् ।

पूर्वप्रधानमन्त्री नेपाललाई विदेश विभाग, पूर्वप्रधानमन्त्री खनाललाई नीति अध्ययन प्रतिष्ठान र वामदेव गौतमलाई संगठन विभागको प्रमुख बनाउने चर्चा छ । बालुवाटारमा भएका बैठकहरूमा सो विषयमा सहमति भएको नेताहरूले बताएका छन् ।

Published : Sunday, 2019 July 21, 11:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया