भक्तपुरमा महिला ‘भगवान’का धुन्दुकारी काण्ड, ‘मुर्गा’ फसाउँदै

काठमाडौं । भक्तपुर जिल्लाको सूर्यविनायक पेट्रोल पम्प नजिकै चियास पसल गरेर बेच्न स्वर्गीय सानुभाई बकुन्छेकी पत्नी रातारात अर्बपति बनेकी छिन् ।

कुनै बेला एक रुपियाँ कप चिया बेच्ने बकुन्छेकी पत्नीले नाम र पेसा परिवर्तन गरेर रातारात अर्बपति बनेकी हुन् । हिन्दूधर्मका आस्थावानहरूलाई ‘मुर्गा’ बनाएर बकुन्छेकी पत्नी अर्बपति बनेकी हुन् । बकुन्छेकी पत्नीले भक्तपुरका साथै काठमाडौं र ललितपुरका विभिन्न स्थानमा घडेरी र घर जोडेकी छिन् ।

आफूलाई सात्क्षात ‘भगवान’ दाबी गर्ने बकुन्छेकी पत्नीले आफ्नो नाम ‘भगवान’ नै राखेकी छिन् । भक्तपुर सल्लाघारी नजिकै कटुञ्जेमा ‘दैवी स्थान सत्या शक्ति’का नाममा आलिशान घरमा बसेर महिला ‘भगवान’ले सर्वसाधारणहरूलाई ठगी गर्दै आएकी छिन् । उनीबाट ठगिएका पीडितहरूले महिला ‘भगवान’विरुद्ध बोल्न थालेका छन् । उनीहरूले महिला ‘भगवान’विरुद्ध प्रहरी प्रशासनमा उजुरी दिने तयारी समेत गरेका छन् ।

ठगी काण्डहरू एकपछ अर्को गर्दै बाहिर आउन थालेपछि महिला ‘भगवान’का बारेमा ठगिएकाहरू धमाधम सम्पर्कमा आउन थालेका छन् । महिला ‘भगवान’का बारेमा थुप्रै काण्डहरू फेला परेका छन् ।

‘भगवान’ र ‘धर्म’का नाममा लुट र ठगी धन्दा चलाउँदै आएका यस्ता व्यक्तिहरूका बारेमा भक्पुरको प्रहरी प्रशासन किन मौन छ खोजीको विषय बनेको छ । कसैको आस्थामाथि चोट पु¥याउनु हुँदैन छ ।

तर, आफूलाई सात्क्षात ‘भगवान’ घोषणा गरेर आफ्नै सेना बनाएर बस्ने यस्ता व्यक्तिले समाजलाई बदनाम बनाउँदै लगेका छन् । महिला ‘भगवान’सँग आफ्नै आश्रमका आसपासका छिमेकीहरूसँग बोलचाल छैन । आफ्ना कर्तुतहरू बाहिरिने भएपछि महिला ‘भगवान’ले छिमेकीहरूसँग बोलचाल बन्द गरेकी हुन् ।

केही दिन अगाडि सिंहदरबारको पश्चिम गेट अगाडिको भद्रकाली मन्दिरमा बसेर काण्ड गर्दै आएकी ‘धर्ती माता’लाई प्रहरीले पक्राउ गरेपछि भक्तपुर कटुन्जेकी महिला ‘भगवान’का ठगीसहितका काण्डहरू धमाधम बाहिरिएका हुन् । अझै बाहिरिने क्रममा छन् ।

महिला ‘भगवान’का पति स्व.सानुभाई बकुन्छेका साथी धनभक्त तनाबासुले उनीहरूको चिया पसलमा एक रुपियाँ चिया पिएको स्मरण सुनाए ।

‘सूर्य विनायकको पेट्रोल पम्प नजिकै उहाँहरूको चिया पसल थियो । त्यही साइकलको पञ्चर टाल्ने पसल पनि थियो’, तनाबासुले बिगतको इतिहाँस स्मरण गर्दै भने, ‘एक रुपियाँ कप चिया पिएको भुलेको छैन । सानुभाई बकुन्छे मेरो साथी हुन् ।’

बिगतमा ट्याक्टर चलाउने गरेका तनाबासुले भने, ‘सानुभाई बकुन्छेले मलाई पनि आफ्नो पत्नीको धर्मका नाममा शुरु गरेको ठगी धन्दामा लाग्न भनेका थिए । मैले मानिन । उनीहरूलाई साथ दिइन ।’ उनले धर्मका नाममा ठगी गर्न नहुने बताउँछन् ।

खान लागउन समेत समस्यामा रहेको सानुभाई बकुन्छेको परिवार अहिले भने अर्बपति भएको छ । कटुन्जेमा भव्य घर छ । प्रसस्त जग्गा जमिन छ । सानुभाई बकुन्छेको केही महिना अगाडि हार्टअट्याक भएर मृत्यु भइसकेको छ ।

दुनियाँलाई नानाभाँती आश्वासन दिएर झुठको खेती गर्दै आएकी महिला ‘भगवान’ले आफ्नै पतिलाई भने बचाउन सकिनन् । महिला भगवानमा शक्ति हुन्थ्यो भने आफ्नै पति सानुभाई बकुन्छेलाई हार्टअट्यक भएर मर्नुपर्ने अवस्था आउँदैन थियो ।

‘पतिलाई उचित उपचार नगराएकै कारण हार्टअट्याक भएर मृत्यु भएको हो’, महिला भगवानको आलिशान घर नजिकै पसल गर्दै आएका एक जना व्यापारीले भने, ‘पतिलाई राम्रो अस्पतालमा उपचार नगराउँदा हार्टअट्याक भएर मृत्यु भयो । मुटुको रोगीलाई तान्त्रिक विद्याले के हुन्थ्यो र ? अन्तिममा आफ्नै पतिको अकालमा मृत्यु भयो ।’

महिला ‘भगवान’ जागिर लगाइदिने, भुत भगाउने, हाइट बढाउने, धनसम्पत्ति आर्जन गर्ने, रोग निको पार्ने, सरुवा–बढुवा, हराएको सामान पत्ता लगाइदिने लगायतका आश्वासन दिएर मोटो रकम लिएर जडीबुटी दिने गरेकी छिन् । तर, महिला ‘भगवान’को जुडीबुटीले अहिलेसम्म कुनै पनि काम गरेको छैन । महिला ‘भगवान’लाई चिनेका र जानेकाहरू त्यहाँ जाँदैनन् ।

महिला ‘भगवान’ले आफ्नो अनुहार कसैलाई देखाउँदिनन् । घरभित्र पनि आफ्नै ‘सेना’ राखेकी छिन् । ती सेनाहरूले हरियो रंगको ड्रेस लगाएका हुन्छन् । हरियो रंगको ड्रेस लगाएका सेनाहरूले कथित आश्रमभित्र प्रवेश गर्न कडा चेकजाँच गरेर मात्रै प्रवेश दिन्छन् । भगवानसँग भेट्न यसरी निजी सेना राखेर बस्ने महिलाको गतिविधिमाथि स्थानीयले विभिन्न आशंकाहरू गरेका छन् ।

आश्रमभित्र बोक्सी र भुत भगाउने नाममा महिलाहरूलाई कुटपिट र यातना दिनेसम्मका कार्य हुँदै आएको एकजना पीडितले बताए । ‘आफ्नै सासुलाई महिला भगवानले बोक्सी भनेर आश्रममा प्रवेश गर्न दिनु भएको छैन’, ती पीडितले भने, ‘आफ्नै पति रामकृष्ण बकुन्छेको मृत्यु भएको जानकारी महिला भगवानले सासुलाई समयमा दिनुभएन ।’

चिया पसल छाडेर धर्मका नाममा धन्दा चलाउदै गर्दा शुरुवाती दिनमा महिला ‘भगवान’ले छातीमा जमरा उमारेर चर्चा कामएकी थिइन् । एक रुपियाँ कप चिया बेच्ने गरेकी महिला ‘भगवान’ले शुरुवाती सिजनमा दैनिक १०–१५ लाखसम्म कमाइन् । उनको ठगी धन्दाका बारेमा धेरै भक्तले चाल पाएपछि महिला भगवानको व्यापार सुकेर दैनिक २ लाखमा झरेको छ । उनको व्यापार सुक्ने क्रम जारी छ ।

अहिले उनले आफ्नो दर्शन गर्न आउने भक्तहरूलाई भविष्यवाणी गरे वापत न्युनतम १ सय ५० देखि २ लाखसम्म लिने गरेकी छिन् । उनले आश्रमभित्रै पूजाका सामाग्री र अन्य जुडीबुटीहरूको व्यापार पनि थालेकी छिन् ।

आश्रम र महिला ‘भगवान’माथि लागेका आरोपका बारेमा प्रतिक्रिया लिन खोज्दा हरियो रंगको कपडा लगाएर गेट र आश्रमको वरपर गस्ती लगाएका ‘सेना’ले प्रक्रिया दिएनन् । प्रक्रिया लिन आश्रमभित्र प्रवेश गर्न पनि दिएनन् ।

Published : Sunday, 2019 July 7, 12:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया