कम्युनिस्टहरूले चुनावमा गरेकाे बाचा भुले, देशभरिका जनतालाई दिए झट्का

काठमाडौं । कम्युनिस्ट सरकारले सार्वजनिक यातायातको भाडा १२ प्रतिशतले वृद्धि गरेको छ ।

मेकानिकल पार्टस, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतका कारण सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भाडामा १२ प्रतिशत वृद्धि गर्ने निर्णय सरकारले गरेको जानकारी दिए ।

सार्वजनिक सवारी साधन चढ्ने यात्रुले ४ किलोमिटरसम्मको १६ रुपियाँ भाडा तिर्नुपर्ने भएको छ । यसअघि १४ रुपियाँ थियो ।

दिउँसो सार्वजनिक सवारी चढ्दा न्यूनतम १६ रुपियाँ तिर्नुपर्नेछ । रात्रिकालीन बसमा यात्रा गर्दा न्यूनतम २२ रुपियाँ भाडा तिर्नुपर्नेछ । बढेको भाडा असार १ गतेदेखि लागू हुनेछ ।

कम्युनिस्ट सरकारले यायायात व्यवसायी, उपभोक्ताकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरेको जनाएको छ ।

यसअघि व्यवसायीले भाडा वृद्धि माग गर्दै गर्दा दशैंअघि सरकारले सार्वजनिक सवारीको भाडा १० प्रतिशत बढाएका थिए ।

Published : Thursday, 2019 June 13, 7:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया