कांग्रेसविरुद्ध ओलीलाई कुरा लगाउने रेग्मीले फेरि कांग्रेस सम्झिए

काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली युरोप भ्रमणमा गएसँगै मुख्य सचिव लोकदर्शन रेग्मी विदामा बसेका छन् ।

ओली ०७६ जेठ २५ गते युरोप भ्रमणमा गएका हुन् । सोही मितिदेखि मुख्यसचिव रेग्मीपनि विदा बसेका छन् ।

प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका बेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ठूलो असहयोग गरेका मुख्यसचिव रेग्मी विदा बसेपछि निजामती कर्मचारी क्षेत्रमा अनेक हल्ला चलेका छन् ।

शुक्रवार आधा दिन विदा, जेठ २५ गते शनिवार र जेठ २६ गते आइतबार भोटो देखाउने जात्राको सार्वजनिक विदा परेकाले मुख्यसचिव रेग्मीबारेमा अनेक हल्ला चलेका हुन् ।

रेग्मीलाई राजदूत बनाएर मुख्यसचिवबाट हटाएर मुख्य सचवमा गृहसचिव प्रेमकुमार राईलाई ल्याउने तयारी भइरहेको उच्च स्रोतले जनाएको छ । रेग्मीको नाम राजदूतको सूचीमा यो समाचार तयार पार्दासम्म परेको छैन ।

प्रधानमन्त्री ओली विदेश भ्रमणमा रहेको बेला मन्त्रिपरिषद तथा प्रधानमन्त्रीको कार्यालयमा खासै काम नहुने भएकाले मुख्यसचिव रेग्मी जेठ २७ गतेबाट विदा लिएर आफ्नो पुर्खौली घर स्याङजा पुगेको उच्च स्रोतको भनाइ छ ।

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा तीन वर्षे कार्यकालका लागि कात्तिक ८ गते ०७४ बाट मुख्यसचिवको कार्यभार सम्हालेका रेग्मीले प्रधानमन्त्री ओलीलाई समेत खुसी पार्न सफल भएका थिए ।

प्रधानमन्त्री ओलीले मुख्यसचिव रेग्मीको कार्यकाल अझै डेढ वर्ष बाँकी छ । ओली रेग्मीको कार्यसम्पादनबाट खासै सन्तुष्ट छैनन् । मुख्यसचिव रेग्मीले पछिल्लाे समय नेपाली कांग्रेसलाई सम्झिन थालेको चर्चा सिंहदरबारतिर हुन थालेको छ ।

Published : Monday, 2019 June 10, 8:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया