कांग्रेसको बैठक मंगलबार बस्ने, सहकारी ठगका आरोपी गृहमन्त्री लामिछानेका कारण सरकारलाई तनाब

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र गठीमा मुछिएका गृहमन्त्री रवि लामिछानेबारे छानविनका लागि संसदीय समितिको माग गरिरहेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ ।

सोमबार बस्ने भनिएको संसदीय दलको बैठक मंगलबारसम्मका लागि स्थगित भएको संसदीय दलको कार्यालयबाट जारी प्रेस नोटमा उल्लेख छ ।

सोमबार स्थगित भएको संसदीय दलको बैठक मंगलबार बिहान ९ बजे बस्नेछ । संसदीय दलको बैठक बस्नुभन्दा अगाडि नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे बस्नेछ ।

जेठ १ गते बस्ने प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम छ ।

संसदीय छानविन समितिको माग गरेर संसद अबरुद्ध गर्दै आएको कांग्रेसले मंगलबार बस्ने संसदमा नीति तथा कार्यक्रम पेस गर्ने बैठकलाई के गर्ने भनेर संसदीय दलबाट निर्णय हुनेछ ।

Published : Monday, 2024 May 13, 11:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया