कम्युनिस्टहरूको ‘गढ’मा देउवाले सम्बोधन गर्ने, हजारौँ कार्यकर्तालाई निर्देशन दिने

ललितपुर । नेपाली कांग्रेस ललितपुरले शुक्रबार भव्य आमसभा राखेको छ । एक महिने राष्ट्रिय जागरण अभियानको समापन कार्यक्रम ललितपुरको मंलगलबजारबाट प्रदर्शन शुरू हुनेछ ।

लगनखेलमा पुगेर सभामा परिणत हुने नेपाली कांग्रेसका युवा नेता एवम् महासमिति सदस्य मीनकृष्ण महर्जनले जानकारी दिए ।

राष्ट्रिय जागरण अभियानअन्तर्गत शुक्रबार हुन लागेको कार्यक्रमलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् ।

नेपाली कांग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यका अनुसार शुक्रबार दिउँसो लगनखेलमा हुने सभाको सबै तयारी गरिएको जानकारी दिए ।

नेपाली कांग्रेसले हिमाल, पहाड, तराई, मधेसमा पहिलो चरणको जागरण अभियान चलाइरहेको छ । जेठ २५ गते सबै जिल्लाहरूमा कार्यक्रम समापन हुँदै छ ।

०७० को संविधान सभा निर्वाचनमा ललितपुरका ३ क्षेत्र जितेको नेपाली कांग्रेसले ०७४ को संसदीय निर्वाचनमा सबै क्षेत्र गुमाएको थियो ।

ललितपुरमा एक महानगरपालिका, दुई नगरपालिकासहित तीन गाउँपालिका रहेका छन् ।

ललितपुर कांग्रेसले शुक्रबार गर्न लागेको कार्यक्रमलाई सभापति देउवाको सम्बोधनले प्रभाव पार्ने युवा नेता महर्जनको भनाइ छ ।

ललितपुर कांग्रेसभित्रको अन्तर्घातको शिकार स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको नर्विाचनमा भएकै कारण पार्टीलाई ठूलो नोक्सानी भएको छ । अन्तरर्घातीहरूलाई हदैसम्मको कारबाही गर्नुपर्ने नेताहरूको माग छ ।

कांग्रेसभित्रको अन्तर्घताको मौका छापेर ललितपुरलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो गढका रुपमा ब्याख्या गर्दै आएको छ ।

Published : Thursday, 2019 June 6, 4:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया