विश्वप्रकाशले गरिदिए प्रचण्डको झुठको भण्डाफोर

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको प्रशंसा गरेका गृहमन्त्री रामबहादुर थापामाथि प्रश्न उठाएका छन् ।

नेपाल प्रेस युनियनको २८ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले वर्तमान कम्युनिस्ट सरकार र विप्लव समूहबीच साँठगाँठ भएको हो कि भनेर आशंका गरे ।

‘प्रधानमन्त्री ज्यू ! बादल तपाईंका गृहमन्त्री हुन कि विप्लवका प्रचारक ?’, उनले भने, ‘संसदमा गृहमन्त्रीले दिएको अभिव्यक्ति विप्लवको प्रवक्ताका जस्ता छ ।’

नेपाली कांग्रेसका प्रवक्ता शर्माले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई यस विषयमा गम्भीर हुन आग्रह गरेका छन् ।

उनले भने, ‘आज बालुवाटरमा सुत्नु अघि एकपटक सोच्नुस् विप्लव र रामबहादुर थापा कुनै बेला काँधमा काँध जोडेर हिँडेका हुन् । विप्लवहरूको रगत चढाएर लोकतन्त्र बलियो हुँदैन लोकतन्त्र बलियो हुँदैन ।’

नेपाली कांग्रेसले पहाड जत्रो माओवादीलाई संसदमा ल्याएको स्मरण गराउँदै भने, ‘खड्गप्रसाद ओलीले विप्लवलाई शान्ति प्रक्रियामा ल्याउन सक्छन् कि सक्दैनन् हेर्न बाँकी छ । विप्लवले प्रचण्डलाई मार्ने लिस्ट बनाए भन्ने भ्रमबाट मुक्त हुनुस् ।’

प्रेस स्वतन्त्रता कसैको कृपाले प्राप्त नभएको भन्दै कांग्रेसका प्रवक्ताले शर्माले यसका लागि पत्रकारले रगत बगाएका बताए । उनले भने, ‘सरकारले प्रेस स्वतन्त्रता कुण्ठित नगरोस् । नेकपामा यतिबेला शास्त्रीय भडकाउ छ । त्यसैले उ निरंकुशतातर्फ उन्मुख भएको हो । हरेक क्षेत्रमा नियन्त्रण गर्न खोजिरहेको छ । जुन नेपाली कांग्रेसलाई स्वीकार्य हुँदैन ।’

नेपाली कांग्रेसले शुरू गरेको जागरण अभियानमा आफ्नै दलका नेताहरूले देखाएको आशंकाप्रति प्रवक्ता शर्माले आक्रोश व्यक्त गरे । ‘कांग्रेसको संगठन बनाएर मात्रै कम्युनिस्टहरूको अधिनायकवादसँग लड्न सकिन्छ’, उनले भने, ‘यो शुरूवात मात्रै हो । एक पटक कांग्रेस बन्ने होइन । हामी आफैले कांग्रेसले बनाउनुपर्छ ।’

कांग्रेसका प्रवक्ता शर्माले कांग्रेस आफैमा बलियो भयो भने उभिए मात्रै पुग्ने बताए । ‘कांग्रेस अहिले आफैमा कमजोर छ’, उनले भने, ‘हामी जागरण अभियानबाट संगठित बन्यौा भने उभिए मात्रै पुग्छ । कम्युनिस्टहरू आफै डराउँछन् ।’

Published : Monday, 2019 May 27, 11:55 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया