अपदस्थ अध्यक्ष महराको काण्डमाथि छानविन, तनावमा पति–पत्नी

काठमाडौं । ‘द काठमाडौं मल व्यापार संघ’की अपदस्थ अध्यक्ष एवम् फेसियल हाउसकी सञ्चालिका सुष्मा महरा र फेसियल हाउसका सञ्चालक उज्जलजंग शाहसहितका सरोकारवालाहरूसँग महानगरीय प्रहरी टेकुले बयान लिएको छ ।

आइतबार बिहान टेकु प्रहरीले काठमाडौं मलमा भएको ‘खुसार्नी काण्ड’ र गालीगलौजका विषयमा महरा र शाहसँग बयान लिएको हो । प्रहरीले महरा र शाहलाई प्रहरीले दश लाख घुस लिएको र पचास लाख लिएर हत्या योजना बनाएको विषयमा प्रश्नहरू गरेको थियो ।

प्रहरीको प्रश्नपछि कालोनिलो भएका महरा र शाहले आफूहरू त्यस्तो कुनै पनि बयान नदिएको दाबी गरेका थिए ।

तर, प्रहरीले संघकी अपदस्त अध्यक्ष महराको भिडियो देखाएर यो के भनेको भनेर प्रतिप्रश्न गरेपछि माहोल सन्नाटामय बनेको थियो । प्रहरीले दश लाख घुस र पचास लाख रकम लिएर हत्या योजना बनाउन लागेको विषयमा प्रमाण पेस गर्न महरा र शाहलाई टेकु प्रहरीले मंगलबारसम्मको समय दिएको छ ।

प्रहरीमाथि लगाइएका आरोप र ‘खुर्सानी काण्ड’का विषयमा छलफल गर्न टेकु प्रहरीले महरा र शाहका साथै रश्मिला फेसियल हाउस सञ्चालन गर्दै आएका प्रकाश श्रेष्ठसहितका काठमाडौं मलका व्यापारीहरूलाई बोलाएको थियो ।

काठमाडौं प्रहरीका प्रमुख एसएसपी उत्तमराज सुवेदीले दुबै पक्षलाई मिल्न दिवाव दिएका छन् । एसएसपी सुवेदीले अन्यथा कानूनअनुसार कारबाही गर्न बाध्य हुने चेतावनी दिए ।

काठमाडौं प्रहरीका प्रवक्ता होविन्द्र बोगटीले काठमाडौं मलका विषयमा आइतबार छलफल भएको तर कुरा नमिलेपछि सबै पक्षलाई मंगलबार पुनः बोलाएर छाडिएको जानकारी दिए । ‘सरोकारवालाहरूसँग छलफल भएको छ’, उनले भने, ‘मंगलबार मिल्ने गरी सहमति खोजेर आउनुस् भनेका छौँ । यदि कुरा मिलेन भने कानूनअनुसार अगाडि बढ्नुपर्छ ।’

संघको विशेष भेलाबाट अध्यक्ष पद गुमाएकी महराले राज्यलाई कर छली गरेको अभियोगमा दश हजार जरिवाना समेत तिरिसकेकी छिन् । भ्रष्टाचारको कुरा उठाउँदा आफूलाई घेराबन्दी भएको बताउने गरेकी महरा आफैले भने राज्यलाई कर छली गरेर अबैध रुपमा आर्जन गर्दै आएको रहस्य बाहिरिएको छ । कर छलीको विषयमा महरासहितका अन्य व्यवसायीहरू पनि कारबाहीको दायरामा परेका छन् ।

आफैले कर छली गरेर राज्यलाई ढाँटेर गम्भीर गतिविधि गर्दै आएकी महराले प्रहरी कारबाहीबाट जोगिन अनेक तिकडम अपनाएको आरोप छ । अपदस्थ अध्यक्ष महराले सभामुख कृष्णबहादुर महरासँग पनि आफ्नो पारिवारिसक सम्बन्ध रहेको छ भनेर भन्ने गरेको आरोप व्यापारीहरूले लगाएका छन् । उनले सभामुख महरासँग तस्वीर खिचाएर फेसबुकमा राखी पारिवारिक जमघट भनेर समेत लेख्न भ्याएकी छिन् ।

गत वैशाख ३ गते काठमाडौं मलमा संघकी तत्कालीन अध्यक्ष महराले खुर्सानी बालेर आतंक मच्चाएपछि श्रेष्ठ दम्पत्तिसँग झैझगडा भएको थियो । सोही घटनामा महराले असम्बन्धित विभिन्न व्यक्तिहरूको नामै लिएर दर्ता नभएका युट्युब र अनलाइनहरूमा अन्तर्वार्ता तथा समाचार छपाएर मानमर्दैन गर्दै आएपछि विवादले अर्कै रुप लिएको थियो ।
महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मानहानीको मुद्धा पनि दर्ता भइसकेको छ । प्रहरीमा पनि उनीविरुद्ध थुप्रै मुद्धाहरू परेका छन् ।

अपदस्थ अध्यक्ष महराबाट पीडितहरू अन्य व्यक्तिहरूले पनि काठमाडौं जिल्ला अदालत र प्रहरीमा अलग अलग मुद्धाहरू दर्ताको तयारी गरेकाे जनाइएकाे छ ।

यसैबीच, केही दिन अगाडि रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गर्ने बेला फेसियल हाउसकी सञ्चालिका महरासँगै मञ्चको कुर्सीमा बसेकी अनिता केसी चेक बाउन्स मुद्धामा पक्राउ परेकी छिन् ।

केसीले पाँच लाख ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरी टेकुमा थुनामा राखेको छ । महराले नेतृत्वको गरेको संघको तत्कालीन कार्यसमितिमा केसी सदस्य थिइन् ।

Published : Monday, 2019 May 27, 8:18 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया