पैतालीस एसपीको सरुवा, चितवनमा प्रचण्डका पूर्वअंगरक्षक (नाम)

काठमाडौं । नेपाल प्रहरीका ४५ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ ।

सरुवामा १८ जिल्लाका इन्चार्ज फेरिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्वअंगरक्षक दानबहादुर मल्ललाई चितवन सरुवा गरिएको छ ।

पर्सामा सोमेन्द्रसिंह राठौर, कास्कीमा दानबहादुर कार्की, मोरङमा विश्व अधिकारी, भक्तपुरमा सविन प्रधान, काभ्रेमा जयराज सापकोटाको सरुवा भएको छ ।

सिरहामा उमाप्रसाद चतुर्वेदी, कैलालीमा सुदीप गिरी, उदयपुरमा वीरबहादुर बुढामगर, सप्तरीमा मनोजकुमार यादब, नवलपरासीमा मोहन पोख्रेल, सुनसरीमा यज्ञ विनोद पोखरेल, बर्दियामा राजेश बाँस्तोला, नवलपरासी (पश्चिम)मा लालमणि आचार्य, पाल्पामा श्यामकृष्ण अधिकारी, धनकुटामा सुदर्शन कोइराला, इलाममा हीराबहादुर पाण्डेको सरुवा भएको छ ।

Published : Sunday, 2019 May 26, 10:33 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया