विप्लवका दुई कार्यकर्ताले बोकेको बम पड्किदा आफै घाइते

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता बम पड्किदा काठमाडौंको थानकोटमा घाइते भएका छन् ।

मोटरलाईकलमा बम बोकेर पड्काउन हिँडेका उनीहरू आफैले बोकेको बम पड्किदा घाइते भएका हुन् । घाइतेमध्ये एकजनालाई उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

अर्का एकजना बम पड्किनेवित्तिकै फरार भएका छन् । उनको खोजतलास शुरू भएको छ ।

काठमाडौंको चन्द्रगिरी नगरपालिकास्थित नागढुंगामा आफैले बोकेको बम विस्फोट हुँदा विप्लवका कार्यकर्ता घाइते भएका हुन् ।

मोटरसाइकलमा बम बोकेर लैजाने क्रममा बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बा २८ प ८१४५ नम्बर मोटरसाइकलमा आकाश लामा र बुद्ध लामाले बम बोकेर हिँडिरहेको बेला बम विस्फोट भएको थियो ।

घटनामा आकाश लामा गम्भीर घाइते भएका छन् । लामा विप्लवका कार्यकर्ता भएको खुलेको छ । बुद्ध लामा भने फरार रहेका छन् ।

Published : Sunday, 2019 May 26, 10:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया