भारतले उदयपुरमा बनाइदियो शिक्षा क्याम्पसको भवन

गाईघाट । भारतले उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकास्थित श्री नारद आदर्श शिक्षा क्याम्पसको भवन बनाइदिएको छ ।

भवनलाई जेठ ४ गते शनिबार क्याम्पस प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा नेपाली कांग्रेसका सांसद डा.नारायण खड्काले उद्घाटन गर्दै क्याम्पस प्रशासनलाई बुझाएका छन् ।

सो कार्यक्रममा भारतीय राजदूतावासका नियोग उपप्रमुख डा.अजय कुमारको पनि उपस्थिति रहेको थियो ।

सन् १९७१ मा माध्यामिक विद्यालयको रुपमा स्थापना भएको श्री नारद आदर्श शिक्षा क्याम्स सन् २००३ मा क्याम्पसको रुपमा स्तरोन्नती गरिएको थियो ।

त्रिभुवन विश्व विद्यालयसँग सम्बद्ध यस क्याम्पसमा १ सय ३५ विद्यार्थी अध्ययनरत छन् । क्याम्पसमा ७० प्रतिशत छात्राले अध्ययन गर्छन् ।

क्याम्पसले शिक्षा संकायको चार वर्षे बिएड कार्यक्रम प्रदान गर्दै आएको छ ।

भारत सरकारको तीन करोड २ लाख अनुदान सहयोगमा निर्मित दुई तले क्याम्पस भवनमा १२ वटा कक्षा कोठा, पुस्तकालय, सभा कक्ष, छात्र तथा छात्राका लागि छुट्टा छुट्टै शौचालय र फर्निचरको व्यवस्था रहेको छ ।

नवनिर्मित संरचनाले विद्यार्थीको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने मात्र नभई उदयपुर र जोडिएका भोजपुर, खोटाङ, सुनसरी, सप्तरी लगायतका ग्रामीण भेगका विद्यार्थीको शिक्षामा पहुँच समेत बढाएको छ ।

Published : Sunday, 2019 May 19, 7:49 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया