नरेश–मेक्सम–मेलिनाको ‘तिम्रो रुपैको जादु’ रिलिज

काठमाडौं । संगीतकार नरेश खातीले ‘तिम्रो रुपैको जादु…’ बोलको गीत रिलिज गरेका छन् ।

गायक मेक्सम खाती र गायिका मेलिना राईको स्वरमा रहेको गीतका शब्द कुमार पौडेल ‘पिरो’ले लेखेका हुन् ।

लोक तथा दोहोरी गीतमा संगीत गर्दै आएका संगीतकार खातीले यस पटक फरक शैलीको गीत बनाएका हुन् । ‘आधुनिक, लोक तथा दोहोरी गीत गर्दै आएको थिएँ’, उनले भने, ‘यस पटक अलिक फरक शैलीमा गीत बनाएको छु । फिल्मी शैलीको गीत बनाएको हुँ ।’

गीतको एरेञ्ज कमल सौराग, मिक्सिङ किशोर थापाले गरेका हुन् । गोरक्षा म्युजिक प्रालिले बनाएको ‘तिम्रो रुपैको जादु…’ गायक मेक्सम खातीको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

गायक मेक्सम खातीले पनि यस पटकको गीत अलिक फरक र नौलो बनेको बताए । ‘गीत राम्रो बनेको छ । हामीले गीतले पहिलाको भन्दा फरक शैलीको बनाएका छौँ’, उनले भने, ‘गीतबाट राम्रो आशा लिएका छौँ ।’

म्युजिक भिडियोमा मेक्सम खाती र स्नेहा पौडेलको अभियन गरेको छ । म्यजिक भिडियोलाई शिशिर खातीले गरेका हुन् । छायाँकन शंकल भुजेल, सम्पादन बनिश शाहले गरेका छन् ।

https://www.youtube.com/watch?v=Hg4CLNbSOqk&feature=youtu.be&fbclid=IwAR0Cej6E26I8XBDZI7PdRpnyHyJ3suDsKkZ97Sqh8UZW3Lh9P2phQe88ny4

Published : Monday, 2019 May 13, 8:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया