तरुण दलले आज ओलीलाई ज्ञापनपत्र बुझाउँदै, बबरमहलमा जम्मा हुँदै तरुणहरू

काठमाडौं । नेपाल तरुण दल काठमाडौंले वर्तमान सरकारका कारण मुलुकमा अस्तव्यस्त भएको भन्दै आज प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई ज्ञापनपत्र बुझाउँदै छ ।

तरुण दलले देशमा बेथिती रहेको भन्दै प्रधानमन्त्री ओलीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत ज्ञापन पत्र बुझाउन लागेको तरुण दल काठमाडौंका सचिव दिनेशबिक्रम शाहले जानकारी दिए ।

‘जनताले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई बनेको सरकारले आफ्ना जनजीविकाको पक्षमा कार्य गरी पूर्ण न्याय र समृद्धिको लागि कार्य गर्ने आशा गरेकोमा यसको उल्टो वर्तमान कम्युनिष्टको ओली सरकार अपराधी ढंगबाट प्रस्तुत भएको छ’, शाहले भने, ‘राज्य तहबाटै संरक्षित भई देशमा बढ्दै गएको भ्रष्टाचार, महंगी, अन्याय एवं अत्याचारको विरुद्ध नेपाल तरुण दल गम्भीर ढंगबाट प्रस्तुत भई जनताको संबैधानिक अधिकारको रक्षाको लागि जस्तोसुकै कदम चाल्न पनि तयार रहेको यसै ज्ञापन पत्र मार्फत वर्तमान कम्युनिष्टको अधिनायकवादी सरकारलाई चेतावनी दिन चाहन्छ ।’

‘गत आम निर्वाचनपछि एमाले र माओवादीको एकता भई बनेको पुरातन र घोर जडशुत्रवादी तानाशाही सरकारले नेपाली जनताको लोकतन्त्रको मुल्य र मान्यता अनुसार बाँच्न र स्वतन्त्र पेशा र व्यवसाय गर्न पाउने संबैधानिक अधिकारको खिल्ली उडाउदै गरेका घोर अकर्मण्यता एवं जनतामारा र राष्ट्र«घाती कार्यहरू तत्काल बन्द गरी न्यायसंगत ढंगबाट जनताका जीवनयापन र कानुनी राज्यको अवधारणा संग गाँसिएका तपशिल बमोजिमका गम्भीर विषयहरुका बारेमा न्यायिक समाधान तत्काल खोज्न नेपाल तरुण दल यस ज्ञापन पत्र मार्फत

वर्तमान सरकारको ध्यानकर्षण गराउँदछ’, शाहले भनेका छन् ।

तरुण दल काठमाडौंले विभिन्न ८ वटा विषयहरू समेटेर ज्ञापनपत्र तयार पारेको छ ।

ज्ञापनपत्र बिहान साढे ११ बजे बबरमहलमा जम्मा भएर तरुण दलका नेता तथा कार्यकर्ताहरूले काठमाडौं जिल्ला प्रशासनमा पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउनेछन् ।

Published : Sunday, 2019 April 28, 9:24 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया