आरजुविरुद्ध भीम उपाध्यायले भ्रम फैलाउन फेक भिडियो हाले

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले नेपाली कांग्रेसकी नेतृ आरजु राणाविरुद्ध भ्रम फैलाएर चरित्र हत्या गरेका छन् ।

आफूलाई स्वघोषित अभियन्ता भन्न रुचाउने उपाध्यायले नेतृ राणा फरार भएको भनेर आफ्नो फेसबुकमा लेखेका छन् । उनले लेखेका छन्, ‘आरजु राणा वीरगंजबाट पटना र दिल्ली हुँदै सिंगापुर उडेको खबर स्टार अनलाइन न्यूजले खुलासा गरेको छ ।’

जबकि कांग्रेस नेतृ राणा बारा हुँदै पर्सा र मकवानपुरका विभिन्न कार्यक्रममा सहभागी भएकी छिन् । तर, उपाध्याय र स्टार अनलाइन टिभी नामक युट्युब मिलेर नेतृ राणाको चरित्र हत्या गरेका छन् । नेतृ राणाविरुद्ध कतिसम्म फेक समाचार बनाएर चरित्र हत्या गर्ने गरिएको छभन्ने पुष्टि भएको छ ।

नेतृ राणा पार्टीको साथै विभिन्न कार्यक्रमहरूमा सहभागी बनेर बिहीबार बेलुका काठमाडौं आइसकेकी छिन् । उनले आफू सहभागी भएका कार्यक्रमहरूको तस्वीरहरू फेसबुकमा समेत राखेकी छिन् ।

पूर्वसचिव उपाध्यायले राणाविरुद्ध भ्रम फैलाउँदै फेक भिडियो सेयर गरेको पुष्टि हुँदा पनि माफी मागेका छैनन् । उनले जसका विरुद्ध पनि जथाभावी लेख्ने गरेका छन् । उनको फेसबुकमा ३ लाख १३ हजारभन्दा धेरै व्यक्तिले फलो गरेका छन् ।

उपाध्यायले सेयर गर्ने गलत सूचना वा समाचारले मानिसलाई कति असर पर्छ बुझ्न जरुरी छ । उपाध्यायलाई नभएको फेक समाचार र भिडियो सेयर गरेको अभियोगमा साइबर अपराधको कसूर पनि लाग्छ सक्छ ।

एक वर्ष अगाडि साइबर कसूरमा प्रहरीको हिरासतमा बसेर आएका उपाध्यायमा सुधार भएको छैन । उपाध्याय जस्तो व्यक्तिले कुनै पनि समाचार, सूचना वा भिडियो सेयर गर्दा त्यसको सत्यता छ वा छैन ध्यान दिनुपर्छ ।

उपाध्यायले ‘स्टार अनलाइन टिभी’को भिडियो सेयर गरेर कांग्रेस नेतृ राणाविरुद्ध भ्रम छरेका हुन् ।

Published : Friday, 2023 May 12, 11:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया