बारा–पर्साका पीडितहरूको दुःखमा साथ दिन देउवा जाँदै

काठमाडौं, १९ चैत । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बारा र पर्साका पीडितहरूको अवस्था बुझ्न वीरगञ्ज जाँदै छन् ।

पार्टी कार्यक्रममा सहभागी हुन कपिलवस्तुमा रहेका सभापति देउवा आज दिउँसो वीरगञ्ज पुग्ने केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले जानकारी दिए ।

सभापति देउवाले बारा र पर्सा जिल्लाका हावाहुरीबाट प्रभावितलाई भेट्ने छन् । उनले घाइतेको उपचार र पीडितहरू राहतमा भइरहेका प्रयासहरूका बारेमा पनि जानकारी लिने कांग्रेसका युवा नेता रामहरि खतिवडाले जानकारी दिए ।

नेपाली कांग्रेसले सोमबार नै आफ्ना स्थानीय नेता तथा कार्यकर्ताहरूलाई उद्धार र राहतको कार्यक्रममा लाग्न निर्देशन दिइसकेको छ ।

सभापति देउवाले उद्धार र राहतमा खटिएका कांग्रेसका शुभेच्छुक, नेता तथा कार्यकर्ता र सुरक्षाकर्मीहरूको हौसला बढाउने छन् ।

नेपाली कांग्रेसका सांसदहरूले दुई दिनको तलव दिने यसअघि नै निर्णय गरिसकेका छन् । नेपाली कांग्रेसले बारा र पर्साका पीडितहरूको लागि दश लाख दिने घोषणा पनि गरेको छ ।

कांग्रेसले बारा र पर्सामा भएको बिनाशकारी विपत्तीमा साथ दिन सबैलाई अपील पनि गरेको छ । दुःखको घडीमा नेपाली कांग्रेसले दिल खोलेर सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।

Published : Tuesday, 2019 April 2, 8:14 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया