सन्दीपा र सन्जीवले जिते मार्सल आर्टसमा अन्तर्राष्ट्रिय पदक

काठमाडौं । सन्दीपा अमगाईं र सन्जीव नेपालीले स्पेनमा भएको २०औं ओपन अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपाललाई पदक दिलाएका छन् ।

स्पेनको बार्सिलोनामा सम्पन्न च्याम्पियनसिपमा सन्दीपा र सन्जीव दुवैले कांस्य पदक जितेका हुन् ।

मार्सल आर्टस् फेडेरेसन अफ क्याटलानको आयोजनामा बारबेरा डेल भ्याली एरिनामा भएको खेलमा दुवैले फाइटतर्फ पदक जिताउन सफल भएको नेपाली टोलीका प्रशिक्षक अमरराज लामाले जानकारी दिए ।

फाइटतर्फ महिला ४९ केजी तौलसमूहको सेमिफाइनलमा आयोजक राष्ट्रका खेलाडीसँग समान १५–१५ स्कोर भए पनि रेफ्री निर्णयको आधारमा स्तब्ध भएपछि सन्दीपा कांस्य पदकमै सीमित भइन् ।

पुरुषको ८४ केजीको फाइटमा प्रतिस्पर्धा गरेका सन्दीप पनि आयोजकका खेलाडीसँग सेमिफाइनलमै पराजित भएका थिए ।

Published : Wednesday, 2019 March 20, 7:16 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया