एपीएफलाई मिल्स गोल्डकप फुटबलको उपाधि, २ लाख पुरस्कार

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) पकली सुनसरीले चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार विराटनगर जुटमिलको खेलमैदानमा सम्पन्न भएको फाइनलमा घरेलु टिम पेमा युवा क्बल विराटनगरलाई ३–१ गोलले हराउँदै एपीएफ च्याम्पियन बनेको छ ।

उपाधि विजेता एपीएफले नगद २ लाख ११ हजार १ सय रुपियाँ हात पारेको छ ।

एपीएफको तर्फबाट भरत कपाली, दिसन राई र धनबहादुर श्रेष्ठले १–१ गोल गरे । पेमा युवा क्लबको तर्फबाट मिलन राईले सान्त्वना गोल फर्काए ।

खेलमा अग्रता भने घरेलु टिम पेमा युवा क्लबले ११औं मिनेटमा मिलन राईको गोलमार्फत लियो । सुरज सुब्बाले निकालेको क्रस पासलाई मिलनले गोलमा परिणत गरे ।

दुई मिनेट बित्न नपाउँदै १३औं मिनेटमा एपीएफका भरत कपालीले गोल गरी खेल बराबरीमा ल्याए ।

पेमाका गोलकिपर अरुणले टच गरेर रिबाउन्ड भएको बललाई भरतले आकर्षक गोल गरे ।

एपीएफका दिसन राईले ६० औं मिनेटमा गोल गरी अग्रता दोब्बर बनाए । हरि कार्कीले डिबक्सभित्रबाट दिएको क्रस पासलाई दिसनले जाली चुमाए ।

त्यसपछि ७४औं मिनेटमा धनबहादुर श्रेष्ठले गोल गरी एपीएफको जित सुनिश्चत गरे । दिसन राईले निकालेको पासलाई धनबहादुरले गोल गरेका थिए ।

उपबिजेता बनेको पेमाले १ लाख ११ हजार १ सय ११ रुपियाँ पाएको छ ।

प्रतियोगिताको प्लेयर अफ द म्याच एपीएफका दिसन राई घोषित भए । ३ गोल गरेर एपीएफकै हरि कार्की सर्वाधिक गोलकिप भए । उत्कृष्ट गोलकिपर एपीएफका सुजन बिक र सर्वोत्कृष्ट खेलाडी पेमा युवा क्लबलका कोमल खवास भए ।

Published : Saturday, 2024 April 27, 9:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया