सशस्त्र प्रहरी महानिरीक्षक कप को उपाधी नं.५ बिन्ध्याबासिनी बाहिनीलाई

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भु हलचोकमा संचालन भएको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८०’ को उपाधी नं ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीले जितेको छ ।

११ स्वर्ण, ४ रजत र ६ कास्य गरी कुल २१ पदकसहित बिन्ध्यावासिनी बाहिनी प्रथम भएको हो ।

नं. १ बराह बाहिनी मुख्यालय सुनसरी ७ स्वर्ण, ७ रजत र ३ कास्य गरी कुुल १७ पदक र नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडांै ४ स्वर्ण, ५ रजत र ४ कास्य गरी कुल १३ पदकसहित क्रमशः द्वितीय र तृतिय भएका छन् ।

समापन समारोहमा भएको फुटबल खेलमा नं. १ बराह बाहिनी मुख्यालय सुनसरीले नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीलाई २–१ गोलको अन्तरले पराजित गरी प्रथम भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शुक्रबार प्रतियोगिता समापन गर्नुका साथै उत्कृष्ट खेलाडी तथा विजयी टिमलाई ट्रफी, मेडल र पुरस्कार समेत प्रदान गरेका छन् ।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालले व्यावसायिक काम, कर्तव्यको साथसाथै नेपाली खेलकुदको विकास, विस्तार र प्रवर्द्धनको क्षेत्रमा आफूलाई क्रियाशील गराउँदै आएको बताउनुहुँदै खेलकुदमा हुने स्वच्छ प्रतिस्पर्धाबाट खेलाडीहरुमा अनुशासन, कर्तव्य परायणता एवं सामूहिक भावनाको समेत बिकास हुने उल्लेख गरेका छन् ।

नेपाल एपीएफ क्लवको आयोजनामा चैत २५ गतेदेखि संचालन भएको प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान र सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरु गरी नौ वटा टिमको सहभागिता रहेको थियो भने प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन र एथलेटिक्स खेलहरु समावेश थिए ।

Published : Saturday, 2024 April 13, 10:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया