कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपामा बस्दै

काठमाडौं । अनुशासन र निर्वाचन समितिका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ ।

पार्टी कार्यालय सानेपामा सोमबार बस्ने बैठकमा दुई समितिमा रहने अध्यक्ष र सदस्यहरूका बारेमा छलफल हुनेछ । भागबण्डाका आधारमा यी दुई समिति गठनको तयारी गरेपनि सहमति हुन सकेको छैन ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र कम्युनिस्ट सरकारको कार्यशैलीको बारेमा पनि छलफल हुनेछ । कम्युनिस्ट सरकारले अधिनायकवादको सुरुवात गरेको भन्दै कांग्रेसले राज्यका हरेक अंगमा प्रहार गरेको जनाउँदै आएको छ ।

अनुशासन र निर्वाचन समितिका विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको असन्तुष्टि छ ।

बैठकमा पौडेल समूह सहभागी हुन्छ वा हुँदैन केही भनिएको छैन ।

यसअघि आइतबार सभापति शेरबहादुर देउवाले सहमतिको प्रयास स्वरुप शीर्ष नेताहरूको बैठक बोलाएर छलफल गरेका थिए । तर, सहमति हुन सकेको थिएन ।

Published : Monday, 2019 March 18, 9:05 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया