ओली र सीके राउतले एउटै मञ्चबाट सम्बोधन गर्दै !

काठमाडौं । बिखण्डनकारीको नारा लगाउँदै आएका सीके राउत र सरकारी पक्षले संयुक्त रुपमा काठमाडौंमा पत्रकार सम्मलेन गर्दै छन् ।

सरकार र राउतको स्वतन्त्र गठबन्धनबीच भएको वार्तामा सहमति भएपछि शुक्रबार संयुक्त रुपमा पत्रकार सम्मेलन हुन लागेको हो ।

गठबन्धनका सहसंयोजक कैलाश महतोका अनुसार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा १ बजे संयुक्त पत्रकार सम्मेलन हुँदै छ ।

पत्रकार सम्मेलनमा गठबन्धनका संयोजक राउत आफै आउनेछन् । उनले सरकारी प्रतिनिधि आउने जानकारी दिए पनि नाम खुलानन् ।

सरकारको तर्फबाट को आउने छ भन्ने खुलाइएको छैन । स्रोतका अनुसार प्रधानमन्त्री खड्गप्रसाद ओली आफै आउने तयारी भएको छ ।

प्रधानमन्त्री ओली र डा.राउतले एउटै मञ्चबाट सम्बोधन गर्ने जनाइएको छ ।

Published : Friday, 2019 March 8, 12:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया