‘माया झ्याइँ’मा अञ्जली–विशालको स्वर, निश्चलको क्रिएशन

काठमाडौं । गायिका अञ्जली रेग्मी र गायक विशाल निरौलाको स्वरमा रहेको ‘माया झ्याइँ झ्याइँ झ्याइँ…’को म्युजिक भिडियो रिलिज भएको छ ।

म्युजिक भिडियोलाई बुधबार जनता म्युजिकको युट्युब च्यानलबाट रिलिज गरिएको हो । गीतमा सीता रानाको शब्द र शिशिर श्रेष्ठको संगीत रहेको छ । गीतलाई विशाल निरौलाले एरेञ्ज गरेका हुन् ।

म्युजिक भिडियोको निर्देशन निश्चिल केसीले गरेका छन् । फास्ट ट्रयाकमा बनेको गीतलाई निर्देशक केसीले राम्रो कथामा ढालेका छन् ।

पछिल्लो समय रुचाइएका निर्देशकमा पर्ने केसीले म्युजिक भिडियो राम्रो बनेको बताए । ‘गीत राम्रो छ । गीतअनुसारको म्युजिक भिडियो पनि राम्रो बनेको छ’, निर्देशक केसीले भने, ‘सबै टिम खुसी छौँ ।’

ज्ञानेन्द्र शर्मा हुमागाइँले छायाँकन गरेको म्युजिक भिडियोका कोरियोग्राफर राजिव समर हुन् । म्युजिक भिडियोलाई अमृत चापागाइँले सम्पादन गरेका छन् ।

म्युजिक भिडियोमा शिशिर श्रेष्ठ र अञ्जली अधिकारीले मोडलिङ गरेका छन् । म्युजिक भिडियोको पोस्ट प्रोडक्सन जनता डिजिटल फिल्मस रहेको छ ।

Published : Wednesday, 2019 March 6, 8:51 pm

1 प्रतिकृया प्राप्त “‘माया झ्याइँ’मा अञ्जली–विशालको स्वर, निश्चलको क्रिएशन”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया