टेबलटेनिस खेलाडी छानिए, दशमध्ये ८ ललितपुरकै

काठमाडौं । आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश ३ का टेबलटेनिस खेलाडी छनोट भएका छन् । समान ५–५ पुरुष/महिला गरी १० खेलाडी छनोट भएको आयोजक प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् ।

छनोटमा ललितपुरका खेलाडीको वर्चस्व रह्यो । १० मध्ये ललिपुरबाट मात्र ८ खेलाडी छनोटमा परे । काठमाडौं र भक्तपुरबाट १–१ खेलाडीले प्रदेश ५ मा हुने राष्ट्रिय खेलकुदमा स्थान पक्का गरे ।

पुरुषमा छनोट भएका पाँचै खेलाडी ललितपुरका छन् । संयोग कपाली, रितिज जोशी, कपुर शर्मा, विपुल महर्जन र एलेक्स महर्जन ललितपुरका हुन् । महिलामा सुस्मिता खड्का, निकिता कस्ती, मन्जु सुवाल, लस्ता महर्जन र अनुस्का प्रसाईं छानिए । सुस्मिता र मन्जु क्रमशः काठमाडौं र भक्तपुरका हुन् भने बाँकी ३ ललितपुरका हुन् ।

भारोत्तोलक छनोट पूरा

आठौं राष्ट्रिय खेलकुदमा प्रदेश २ बाट सहभागी हुने भारोत्तोलन खेलाडीको टुंगो लागेको छ । १० पुरुष र उत्तिनै महिला गरी २० खेलाडी छनोट भएको मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।

पुरुषको ५५ केजीमा सप्तारीका रामकुमार यादव र ६१ केजीमा सप्तरीकै रमेश झा, ६७ केजीमा धनुषाका अशोककुमार यादव, ७३ केजीमा सप्तरीका मनोजकुमार यादव, ८१ केजीमा बाराका शजारुद्दिन आलम, ८९ केजीमा सप्तरीका रोशनकुमार साह, ९६ केजीमा धनुषाका उज्ज्वलकुमार मिश्र, १०२ केजीमा बाराका मोहम्मद आशिक हुसेन, १०९ केजीमुनि सिरहाका प्रताप चौधरी तथा १०९ केजीमाथि बाराका आदर्शकुमार गुप्ता छनोट भए ।

महिलातर्फ सप्तरीबाट ४५ केजीमा काजल सदा, ४९ केजीमा पूजा मण्डल र आरतीकुमारी रजक, ५५ केजीमा सरिताकुमारी यादव र ५९ केजीमा सरस्वतीकुमारी चौधरी, पर्साबाट ५५ केजीमा रिया पोखरेल तथा सिरहाबाट ६४ केजीमा पुष्पा चौधरी र रिता चौधरी, ६९ केजीमा प्रमिला चौधरी तथा ८७ केजीमाथि मनिता चौधरी छानिए ।

Published : Saturday, 2019 March 2, 8:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया