सानेपामा कांग्रेसको बैठक बस्दै, नेविसंघले प्रदर्शन गर्ने

काठमाडौं । विधान मस्यौदा र नेविसंघका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पुनः बस्दैछ ।

नेपाली कांग्रेसको ललितपुरस्थिट पार्टी मुख्यालयमा आज बस्ने बैठकमा महासमितिको सुझावअनुसार विधानलाई अन्तिम रुप दिने विषयमा छलफल हुनेछ । बैठकमा नेविसंघभित्रको विवादका विषयमा पनि छलफल हुनेछ ।

यसैबीच, नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा विरोध प्रदर्शन गर्ने भएको छ ।

कांग्रेसका नेताहरूमा अराजकता, अनुशासनहीनता र अन्तरघात गर्ने प्रवृत्ति बढेको भन्दै नेविसंघले आज प्रदर्शन गर्न लागेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा निकटका विद्यार्थी नेता ऋषिकेशजंग शाहको समूहले सानेपामा प्रदर्शनको तयारी गरेको छ ।

११ औं महाधिवेशनबाट चुनिएको नैनसिंह महर नेतृत्वको नेविसंघको कार्यसमिति भने भंग भइसकेको छ ।

नयाँ अध्यक्ष बन्न विद्यार्थी नेताहरूले विभिन्न खालका दवाव र प्रदर्शन गर्दै आएका छन् । केही दिन अगाडि कृष्णप्रसाद सिटौला समूहका विद्यार्थीले कांग्रेसका नेताहरूलाई हातपातको प्रयास गरेका थिए ।

Published : Sunday, 2019 February 24, 10:54 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया