कांग्रेसले सिंहदरबारभित्रै बोलायो दलको आकस्मिक बैठक

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक अवस्था र संसदको गतिविधिका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा नेपाली कांग्रेस संसदीय दलको बैठक बस्नेछ । आकस्मिक रुपमा बोलाइएको अनौपचारिक बैठक १ बजे बस्ने कार्यक्रम छ ।

कांग्रेसले आजदेखि शुरु हुने संसदको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल गर्ने स्रोतले जनाएको छ ।

कम्युनिस्ट सरकार र सभामुख कृष्णबहादुर महराले प्रमुख विपक्षी दललाई पेलेर जान खोजेपछि कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक अबरुद्ध बनाउँदै आएको थियो ।

कांग्रेसले आजदेखि संसदका बैठकहरू अबरुद्ध गर्ने छैन । सभामुख महराले विधि र नियम विपरीत संसदको बैठक चलाएपछि कांग्रेसले आलोचना गर्दै आएको छ ।

कम्युनिस्ट सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पतालहरू केन्द्र सरकार मातहत नराखेर प्रदेश सरकारलाई जिम्मा दिन खोजेपछि कांग्रेसले निर्णय सच्चाउन दवाव दिँदै संसद अबरोध गरेको थियो ।

कांग्रेसको दवावपछि कम्युनिस्ट सरकारले निर्णय सच्चाउन बाध्य भएको थियो । माग सम्बोधन भएपछि नेपाली कांग्रेसले आजदेखि संसद चल्न दिने भएको छ ।

Published : Sunday, 2019 February 3, 10:51 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया