कांग्रेस सभापति देउवाले डा.केसीलाई भेट्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा क्षेत्रको सुधार माग गरेर अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने भएका छन् ।

सभापति देउवा डा.केसी अनशन बसेको स्थान त्रिवि शिक्षण अस्पताल गएर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने भएका हुन् । देउवा डा.केसीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिन मध्यान्ह १२ बजे शिक्षण अस्पताल जानेछन् ।

२३ दिनदेखि अनशनमा रहेका डा.केसीलाई विभिन्न क्षेत्रका व्यक्तिहरूले भेट गरेर ऐक्यवद्धता जनाएका छन् ।

चिकित्सा शिक्षा विधेयकमा आफूसँग गरिएको सम्झौता तोडमोड गरिएको भन्दै डा.केसी १६ औँ सत्याग्रहमा छन् ।

राष्ट्रियसभाको बैठकले बिहीबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने कम्युनिस्ट सरकारको तयारी छ ।

Published : Thursday, 2019 January 31, 10:59 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया