नेपाली फिल्मकी चर्चित नायिकालाई हार्ट अट्याक
काठमाडौं । नेपाली फिल्मकी नायिका ऋचा शर्मालाई हार्ट अट्याक भएपछि थापाथलीस्थित एउटा निजी अस्पतालमा भर्ना गरिको छ ।
शर्मालाई आइसियूमा भर्ना गरिएको स्रोतले जनाएको छ । बुधबाबर एक्कासि छातीमा दुखेपछि नायिका शर्मा अस्पताल पुगेकी थिइन् ।
शर्मालाई एन्जियोप्लास्ट गरिसकिएको छ । उनको स्वास्थ्यमा क्रमशः सुधार देखिएको छ ।
नायिका शर्मालाई आइसियूबाट वार्डमा सार्ने तयारी अस्पतालले गरेको छ ।
नायिका ऋचाको उपचारमा मुटुरोग विशेषज्ञ डा.जेपी जयसवालले नेतृत्व गरिरहेको स्रोतले जनाएको छ ।
Published : Thursday, 2019 January 17, 6:49 pm
यसमा तपाइको मत