भारतीय अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना

मुम्बई । भारतीय अभिनेता अमिताभ बच्चन अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन् ।

शुक्रबार बिहान अभिनेता बच्चनलाई मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको छ । ८१ वर्षीय बच्चनलाई एन्जियोप्लास्टी गर्न अस्पताल भर्ना गरेको जनाइएको छ ।

मुटुमा रक्तसञ्चार गर्ने धमनीमा अवरोध भएपछि एन्जियोप्लास्टी गरिन्छ । जीवनशैली परिवर्तन र औषधि सेवन गर्दा पनि रक्तसञ्चार प्रकियामा सुधार नभएपछि एन्जियोप्लास्टी गर्ने गरिन्छ ।

एन्जियोप्लास्टीले धमनीलाई चौडा बनाएर रक्तसञ्चार प्रक्रियालाई सहज बनाउँछ । एजेन्सी

Published : Friday, 2024 March 15, 1:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया