कांग्रेसको तालिकाले शुभेच्छुकहरू खुसी, आउन थाले कांग्रेसका याेद्वाहरू
काठमाडौं । एकदिन पछि उद्घाटन गर्ने गरेर नेपाली कांग्रेसले महसमितिकाे बैठककाे कार्यतालिका सार्वजनिक गरेकाे छ ।
नेपाली कांग्रेसले बुधबार प्रेस नाेट जारी गरेर महासमिति बैठकको कार्यक्रमकाे समय र तालिका सार्वजनिक गरेकाे हाे ।
कांग्रेसले मंसिर २९ गते मात्रै महासमिति बैठक उद्घाटन गर्नेछ । मंसिर २८ गते रजिष्ट्रेशन हुनेछ । रजिष्टेसन सानेपामा अपरान्ह २ देखि ५ बजेसम्म हुनेछ ।
उद्घाटन समारोह मंसिर २९ गते विहान ११ बजे स्थान यगम्बर पार्टी प्यालेस (सिंहदरवार अगाडि) गरिनेछ गरिनेछ ।
बन्द सत्र उद्घाटन समारोह समापन लगतै बन्द सत्र यगम्बर पार्टी प्यालेसमा प्रारम्भ हुनेछ ।
महासमिति बैठककाे बन्द सत्र बैठक पुस १, २ र ३ गते विहान ८ देखि बेलुकी ५ बजेसम्म यगम्बर पार्टी प्यालेसमा हुने कांग्रेसले जनाएकाे छ ।
यसमा तपाइको मत