ओली बस्ने घरभित्रै ओलीविरुद्ध गोप्य बैठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीले शनिबारका दिन ३ बजे बोलाइएका थिए ।

बैठकमा सबैभन्दा पहिले वरिष्ठ नेता माधवकुमार नेपाल बालुवाटार पुगेका थिए । महासचिव विष्णु पौडेलले अध्यक्षद्वय २ बजेदेखि अर्को कक्षमा परामर्शमा रहेको जानकारी गराएका थिए ।

केहीबेरमा दुई अध्यक्ष आउने बताएर पौडेल कम्प्युटरमा प्राविधिक कामका लागि अर्को कक्षतिर गए ।

त्यहीबीचमा क्रमशः झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बैठक कक्षमा पुगेका थिए । अध्यक्ष आउन ढिलाई भएपछि नेताहरूलाई चिया र मकैको व्यबस्था गरिएको थियो ।

ढिलो हुँदै गएपछि उनीहरूले ओलीले बैठकमा कुराउने र स्थगित गर्ने कार्यशैलीमा कुनै परिवर्तन नआएको भन्दै सामूहिक रुपमा बहिष्कार गर्ने सल्लाह गरे । आधा घण्टा ढिलाई भएपछि चार नेताहरू बाहिरिए ।

बैठक कक्षमा रहेका गृहमन्त्री थापा भने बाहिरिएनन् । अर्का सचिवालय सदस्य ईश्वर पोखरेल भने चार नेता बाहिरिएपछि मात्र बैठक कक्षमा पुगेको स्रोतले जनाएको छ ।

नेकपा एकतापछि बैठक पटक–पटक स्थगित गर्ने, नेताहरूलाई कुराउने कार्यशैली ठीक नभएको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले साउन पहिलो साता बसेको सचिवालय बैठकमा जोडदार आवाज उठाएका थिए ।

यस विषयमा ओली र श्रेष्ठबीच भनाभनसमेत भएको थियो । आफूले उठाएको त्यही विषयमा साउनमै दुई पटक छलफल भएको श्रेष्ठले बताएका छन् ।

वरिष्ठ नेता झलनाथ खनालले पार्टी संचालनमा विधि र प्रक्रियाबारे प्रश्न उठाएर बैठक बहिष्कार गरिएको प्रतिक्रिया दिएका छन् ।

Published : Sunday, 2018 December 9, 11:33 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया