सभापति देउवा र प्रधानमन्त्री दाहालबीचको सम्वाद स्थगित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार साँझ हुने भनिएको वार्ता स्थगित भएको छ ।
प्रधानमन्त्री दाहालले सभापति देउवासँग छलफल गर्न खोजेका थिए । उनीहरूका बीच शुक्रबार साँझ हुने भनिएको सम्वाद किन स्थगित भएको हो केही भनिएको छैन ।
संसदमा जारी गतिरोध अन्त्यको प्रयासस्वरुप प्रधानमन्त्री दाहालको पहलमा संसदमा आन्दोलनरत प्रतिपक्षी दल नेपाली कांग्रेससँग हुन लागेको छलफल स्थगित भएको हो ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीसँग हुने भनिएको छलफल स्थगित भएको बताए । देउवा र दाहालको वार्ता स्थगित भएको कारण भने उनले खुलाएनन् ।
प्रधानमन्त्री दाहालको दाँतको उपचारका लागि फलोअपमा वीर अस्पताल जानु परेकाले शुक्रबार तय भएको वार्ता स्थगित भएको बुझिएको छ ।
प्रधानमन्त्री दाहालसँग शनिबार बिहान साढे ८ बजे सरकारी निवास बालुवाटारमा छलफल हुने कांग्रेसका प्रमुख सचेतक लेखकले बताए ।
प्रधानमन्त्री दाहालले शुक्रबार साँझ ६ बजे कांग्रेस नेताहरूलाई छलफलका लागि बोलाएका थिए । दाहाल सत्ता पक्षीय नेताहरूसँग रणनीति तय गर्न जुटेका छन् ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया