कांग्रेसमा काम गर्न उमेरको छेकबार छैनः रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उमेर हद लगाउने कुरा लोकतान्त्रिक नहुने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग आइतबार कुरा गर्दै पौडेलले कांग्रेसलाई उमेरले भन्दा पनि काम गरेर संगठित र प्रशिक्षित गर्नुपर्ने बताए ।

‘कांग्रेस पार्टीभित्र उमेर हद लागू गर्ने भनेको लोकतान्त्रिक कुरा होइन’, उनले भने, ‘सक्दासम्म कांग्रेसमा काम गर्ने हो । उमेरको छेकबार लगाउनु हुँदैन ।’

कांग्रेसका वरिष्ठ नेता पौडेलले पार्टीबाट कसै–कसैलाई निकालेर आफू आगाडि बढ्न ल्याइने यस्तो कुराको कुनै अर्थ नरहने बताए ।

कांग्रेसका युवा नेता गगन थापाले पार्टीभित्र ७० वर्षको उमेर हद लागू गरेर जानुपर्ने प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई युवा नेताहरूले साथ दिए पनि अलिक धेरै उमेर भएका नेताहरूले अस्वीकार गर्दै आएका छन् ।

Published : Sunday, 2018 December 9, 11:12 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया