गाउँका कार्यकर्तालाई प्रशिक्षण दिँदै दाङ कांग्रेस, संगठित हुँदै नेताहरू

घोराही । प्रमुख विपक्षी दल नेपाली कांग्रेस दाङले संगठन प्रशिक्षण र सुदृढीकरण अभियान चलाएको छ ।

दाङ कांग्रेसका शीर्ष र जिल्ला नेताहरूले प्रशिक्षण र संगठन सुदृढीकरणको अभियान चलाएका हुन् ।

कांग्रेसका नेताहरूले गाउँका नेता तथा कार्यकर्ताहरूलाई प्रशिक्षण दिनुका साथै संगठित बनाएका छन् । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्व सांसद योगेन्द्र चौधरीले जिल्लाका शीर्ष नेताहरूले प्रशिक्षण र जागरण अभियान चलाएको जानकारी दिए

स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा दाङमा कांग्रेस पराजित भएपछि स्थानीय नेताहरूले संगठनमा ध्यान दिएका हुन् । दाङ कांग्रेसले केही महिना यता लगातार गाउँ गाउँमा पुगेर आफ्ना कार्यकर्ताहरूलाई प्रशिक्षण दिएको हो ।

दाङ कांग्रेसका सभापति कीर्तिबहादुर खड्का, पूर्वसांसद योगेन्द्र चौधरी, घनश्याम रेग्मी, गेहेन्द्र गिरी, वीरकेशवरी गौतम, वासुदेव जंगली, भोषराज पाण्डेसहित नेताहरूले अभियानलाई चलाएका हुन् ।

दाङको देउखुरी उपत्यका अन्तर्गत सिक्टा, गन्गाइँ, बेला, गढवा, महदेवालगायतका स्थानमा कांग्रेसले प्रशिक्षण तथा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको हो ।

Published : Sunday, 2018 December 9, 11:00 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया