त्यो एक लाख डलर मैले पारिश्रमिक लिएको होइनः केपी ओली

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले सुशासनका लागि अन्तर्राष्ट्रिय संस्थाले दिएको नगदसहितको पुरस्कारलाई पारिश्रमिक भनेर गरिएका टिप्पणीप्रति आक्रोश व्यक्त गरेका छन् ।

कम्युनिस्ट सरकारको गुणगान गाउन बनाइएको टेलिभिजन कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’मा ओलीले आफूले कसैसँग पारिश्रमिक नलिएको बताए । उनले भने, ‘मैले कसैसँग पारिश्रमिक लिएको होइन ।’

क्रिश्चियन धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडरेशन (युपिएफ)ले ओलीलाई सुशासनका नाममा एक लाख डलरको पुरस्कार दिएको थियो । एकनाथ ढकालको संस्थाले जससकी छोरी मुनमार्फत ओलीलाई पुरस्कार दिएको थियो । मुनले होली वाइन छर्केर सहभागीहरूलाई आशीर्वाद दिएकी थिइन् ।

कार्यक्रम सञ्चालक मनोज पाण्डेले कार्यक्रममा प्रधानमन्त्री ओलीले पाएको पुरस्कार पूर्वप्रधानमन्त्री गिरिजाप्रासाद कोइराला र कृष्णप्रसाद भट्टराईले पनि पाएको भनेर पटक पटक जोडेका थिए ।

कार्यक्रममा ओलीले आफू र आफ्नो सरकारको आलोचना भएकोमा असन्तुष्टि जनाएका थिए । ‘सरकारकै भत्ता खाने, पेन्सन खाने, सुविधा लिने गैरजिम्मेवार ढंगले बोल्ने प्रवृत्ति एउटा छ’, ओलीले भनेका छन्, ‘गोपनीयताहरूको वास्ता नगर्ने प्रवृत्ति पनि छ ।’

‘अत्यन्त अनुत्तरदायी र झुठो प्रचार गर्ने प्रवृत्ति छ । मैले देख्या छु’, ओलीले आक्रोसित हुँदै भनेका छन्, ‘यस्तो भएको हुनाले । यो त किनेको जस्तो । पारिश्रमिक जस्तो भनिएको छ । अत्यन्तै अपमानजनक ढंगले भनेका छन् । म उहाँहरूलाई जवाफ दिइहाल्न चाहन्न । उहाँहरूलाई म सोधी रहन चाहन्छु । जवाफ दिउन ।’

ओलीले धर्म प्रचार संस्थासँग लिएको पुरस्कार पारिश्रमिक स्वरुप नलिएको पटक पटक बताएका थिए ।

Published : Saturday, 2018 December 8, 11:52 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया