विश्वप्रकाश र गगनहरू यस कारण फरक छन् कांग्रेसभित्र

काठमाडौं । नेपाली कांग्रेसमा खुला सदस्यता दिएर पार्टीप्रति आकर्षण बढाउनुपर्ने सुझाव आएको छ ।

विधान मस्यौदामाथिको छलफलमा भाग लिने क्रममा केन्द्रीय सदस्यहरूले खुला सदस्यताले कांग्रेसलाई सर्वसाधारणको पार्टी बनाउन सहयोग गर्ने विचार राखेका छन् ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले सुरुमा कांग्रेसले सदस्यतालाई खुला गर्नुपर्ने र एकथरी मात्रै सदस्यता दिनुपर्ने प्रस्ताव अघि सारेका थिए ।

केन्द्रीय सदस्यहरू श्याम घिमिरे, गगन थापासहितका युवाहरूले कांग्रेसमा युवाहरूको आकर्षण बढाउन दुईथरी सदस्यताभन्दा खुला रूपमा एकथरी मात्रै सदस्यता दिनुपर्ने माग गरेका थिए ।

प्रवक्ता विश्वप्रकाश शर्माले सदस्यता खुला रूपमा दिएर २० लाख पार्टी सदस्य पुर्‍याउनुपर्ने प्रस्ताव गरेका छन् । रमेश लेखक, उमाकान्त चौधरी, धनराज गुरुङ, गुरु घिमिरेसहितका नेताहरू पनि खुला सदस्यकै पक्षमा छन् ।

प्रवक्ता शर्माले कांग्रेसमा अहिले चार लाख ७० हजार ६ सय ४४ सदस्य रहेको बताए । उनले भने, ‘अब खुला रूपमा सदस्यता दिएर कांग्रेसमा २० लाख सदस्य पुर्‍याउनुपर्छ ।’

केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले कांग्रेसलाई आमनागरिकको पार्टी बनाउन सदस्यता खुला राख्नुपर्ने बताए ।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले क्रियाशील सदस्यता राखे पनि कार्यकर्ता र जनसमुदायमा आधारित पार्टी बनाउन आग्रह गरे ।

Published : Friday, 2018 December 7, 11:05 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया