ओली सरकारलाई सुध्रिन कांग्रेस नेतृहरूले दिए दाङबाट चेतावनी

घोराही । कांग्रेसका महिला नेतृहरूले लोकतन्त्र र न्यायका लागि फेरि एक पटक आन्दोलन गर्नुपर्ने बेला आएको बताएका छन् ।

दाङको घोराहीमा बिहीबार नेपाल महिला संघ दाङले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा धारणा राख्ने महिला नेतृत्वहरूले देशमा निर्मला पन्त जस्ता धेरै चेलीहरूले न्याय नपाएको बताए । उनीहरूले न्याय नपाएकाहरूका लागि कांग्रेसले अगुवाइ गर्ने बताएका छन् ।

कम्युनिस्ट सरकारले देशमा शान्ति सुरक्षा, विकास र अमनचैन दिन नसकेको कांग्रेस नेतृहरूको आरोप थियो । उनीहरूले लोकतन्त्र र संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रतालाई कम्युनिस्ट सरकारले दमनमा राख्ने खोजेको भन्दै आक्रोश व्यक्त गरे ।

कांग्रेसका नेताहरूले कम्युनिस्ट सरकारले जनतालाई थिचोमिचो गर्न सक्रिय भएको बताए । उनीहरूले कम्युनिस्ट सरकारले आलोचना सहनै नसक्ने अवस्थामा पुगेको भन्दै यस्तै अवस्था रह्यो भने कांग्रेसले सरकारविरुद्ध सडकमा जोडदार रुपमा आन्दोलन गर्ने चेतावनी दिए ।

प्रधानमन्त्री केपी ओली र उनका मन्त्रीहरूले दिएका अभिव्यक्तिहरूको पनि कांग्रेसका महिला नेतृत्वहरूले चर्को विरोध गरेका थिए ।

महिला संघले आयोजना गरेको कार्यक्रममा दाङ कांग्रेसका सभापति कीर्तिबहादुर खड्का, पूर्वसांसद राजु खनाल, सांसद डिलाग्रौलासहितका नेताहरूको सहभागिता रहेको थियो । बिहीबारबाट शुरु भएको महिला संघको प्रशिक्षण तथा तालिम कार्यक्रम शुक्रबारसम्म चल्नेछ ।

Published : Thursday, 2018 December 6, 8:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया