कम्युनिस्ट सरकारले मन्त्रीहरूलाई घर बनाइदिने

काठमाडौं । कम्युनिस्ट सरकारले राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र मन्त्रीहरूका लागि २७ वटा आवास भवन निर्माण गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर ललितपुर महानगरपालिकाको सैवु भैँसेपाटीमा भवन बनाउने निर्णय गरेको जानकारी दिए ।

सैवु आवास क्षेत्रमा सांसद आवासका लागि छुट्याइएको १४९ रोपनी चार आना ३.२८ दाम जग्गामा भवनहरू निर्माण गरिनेछ ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवासका साथै सम्पर्क कार्यालयका लागि थप १४ वटा भवन निर्माण गर्ने मन्त्री बास्कोटाले बताए ।

मन्त्री बास्कोटाले पुल्चोकस्थित हालको मन्त्री निवास रहेको परिसरमा समेत १० वटा राजकीय अतिथि गृह निर्माण गर्ने निर्णय भएको बताए ।

Published : Thursday, 2018 December 6, 7:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया