प्रहरीले अनेरास्ववियुलाई छाड्यो, नेविसंघका कार्यकर्ता पक्राउ

पोखरा । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पोखरा विश्व विद्यालयका उपकुलपति र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का अध्यक्ष कुर्सी जलाइ दिएको छ ।

प्रहरीले आन्दोलनमा उत्रिएका नेविसंघका चार कार्यकर्तालाई बिहीबार पक्राउ पनि गरेको छ । नेविसंघले प्रदर्शन गरेपछि पोखरा विश्वविद्यालयमा तनावपूर्ण स्थिति बनेको थियो ।

नेविसंघले स्ववियु सचिवको राजीनामा मागेर बिहीबार दिउँसो उपकुलपति र स्ववियु अध्यक्षको कुर्सी जलाएको थियो ।

प्रदर्शन गरेको अभियोगमा प्रहरीले नेविसंघका विष्णु सुवेदी, फिरोज सुवेदी, विकास रानाभाट र दीपेन्द्र गौतमलाई पक्राउ गरेको छ ।

प्रहरीले रजिस्ट्रारको कुर्सी जलाउने अनेरास्ववियुका विद्यार्थीलाई भने पक्राउ गरेको छैन । प्रहरीले भेदभाव गरेको भन्दै नेविसंघले विरोध जनाएको छ ।

विद्यार्थी र प्रहरीबीच हात हालाहाल भएपछि स्थिति तनावग्रस्त थियो । नेविसंघल सैद्धान्तिक परीक्षा सकिएपछि स्ववियुबाट विधानत पदमुक्त हुनुपर्ने भन्दै आन्दोलन गरेको छ ।

स्ववियु सचिव सुरज परियारले स्नातकको परीक्षा सकिएको एक महिनासम्म पनि राजीनामा दिएका छैनन् । राजीनामा नदिएपछि नेविसंघले प्रदर्शन गरेको हो ।

नेविसंघका प्रदीप सिग्देलले उपकुलपति र रजिस्टार समक्ष बुधबार आफ्नो माग पूरा गर्न २४ घण्टे अल्टिमेटम दिएको बताए ।

स्ववियुका अध्यक्ष सुनील तिमिल्सिनाले नेविसंघले स्ववियुलाई कुनै जानकारी नदिई एक्कासि कुर्सी जलाएको दाबी आरोप लगाएका छन् ।

Published : Thursday, 2018 December 6, 5:09 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया