रारा क्याम्पसमा नेविसंघको प्रदर्शन, अटेरी प्रमुखलाई नछाड्ने (भिडियो)

जनकपुर । जनकपुरधामस्थित रारा बहुमुखी क्याम्पसको शैक्षिक सुधारको माग गरेर नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शन गरेको छ ।

नेविसंघको रारा बहुमुखी क्याम्पस इकाईले क्याम्पस प्रशासनविरुद्ध प्रदर्शन, धर्ना र कोण सभा गर्दै आएको छ । बुधबार पनि नेविसंघले क्याम्पस हाताभित्र प्रदर्शन गरेको हो ।

नेविसंघले लगातार प्रदर्शन गर्दा पनि क्याम्पस प्रशासनले अटेर गरेर मागको सुनुवाई गरेको छैन । क्याम्पस प्रशासनविरुद्ध नेविसंघका विद्यार्थी नेताहरू झन् आक्रोशित बनेका छन् ।

क्याम्पसमा पठनपाठन सुधार, नियमित कक्षा सञ्चालक गर्नुपर्ने, शैक्षिक अवस्थामा सुधार लगायतका माग राखेर नेविसंघले प्रदर्शन र घेराउ थालेको इकाई अध्यक्ष सुजित यादवले जानकारी दिए ।

नेविसंघ इकाईले क्याम्पस प्रशासनलाई चार महिना अगाडि विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएको थियो । तर, क्याम्पस प्रमुख विजयकुमार लालले बेवास्ता गर्दै चासो नदेखाएपछि बाध्य भएर नेविसंघले बिरोधको कार्यक्रम शुरु गरेको हो ।

रासा बहुमुखी क्याम्पस नेविसंघ इकाईका सभापति सुजित यादवले विद्यार्थीका जायज माग पूरा गर्नेतर्फ ध्यान नदिने क्याम्पस प्रमुखलाई नेविसंघले कदापि नछाड्ने चेतावनी दिएका छन् ।

‘विद्यार्थीका जायज माग पूरा गर्नेतिर ध्यान नदिने क्याम्पस प्रशासनविरुद्ध कडा आन्दोलन गर्नेछौँ’, अध्यक्ष यादवले भने, ‘गुणस्तरीय र राम्रो शिक्षा नदिएर क्याम्पस प्रशासनले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको छ ।’

रारा वहुमुखी क्यामपसमा नियमित पठनपाठन हुन सकेको छैन । प्राध्यापकहरू क्याम्पस समयमा नआउने गरेको नेविसंघको आरोप छ ।

क्याम्पसमा सम्बन्धित विषयका प्राध्यापकहरूको अभाव हुनुका साथै भएका अधिकांश प्राध्यापकहरू निजी शैक्षिक संस्थामा अध्यापन गराउन जाने गरेको नेविसंघ प्रदेश समितिका सदस्य पुष्पेन्द्र गोइत जानकारी दिए ।

प्रदर्शनपछि आयोजित कोण सभालाई गोइतले सम्बोधन गर्दै अटेरी क्याम्पस प्रशासनलाई ठाउँमा ल्याउने चेतावनी दिए ।

प्रदर्शनपछि आयोजित कोण सभामा हासिम नदाफ, निरज बिक्रम, सतिश मिश्र, प्रवेश कर्ण, कपिल यादव, अम्रेश यादब, मनीष यादब, दिलीप सिंह लगायतका विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2018 December 5, 8:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया