चक्रप्रसाद बाँस्तोलाकी पत्नीलाई कांग्रेसको केन्द्रीय सदस्य बनाइने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व.नेता चक्रप्रसाद बाँस्तोलाकी पत्नीलाई केन्द्रीय सदस्य बनाउने बचन दिएका छन् ।

काठमाडौंमा स्व.बाँस्तोलाको स्मरणमा मंगलबार आयोजित कार्यक्रममा देउवाले चक्रप्रसाद बाँस्तोलाकी धर्मपत्नी कुसुमल बाँस्तोललाई केन्द्रीय कार्यसमितिमा भूमिका दिन तयार रहेको बताएका हुन् ।

यसअघि पनि देउवाले स्व.खुमबहादुर खड्काकी पत्नी शिला गौतम खड्कालाई कांग्रेसको केन्द्रीय सदस्य बनाइ सकेका छन् ।

Published : Tuesday, 2018 November 27, 11:24 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया