प्रचण्डविरुद्ध समाचार लेखेपछि पत्रकार पक्राउ

काठमाडौं । कम्युनिस्ट सरकारको निर्देशनमा एक अनलाइनका पत्रकार पक्राउ परेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध भ्रामक समाचार लेखेको भन्दै पोस्टपाटी डटकमका सम्पादक गोपाल चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।

अनामनगरस्थित कार्यालय रहेको पोस्टपाटी डटकमका सम्पादक चन्दलाई मंगलबार प्रहरी अपराध महाशाखाले तारकेश्वर नगरपालिकाको मनमैजुबाट पक्राउ गरेको हो ।

मंसिर ६ गते चितवनमा प्रचण्डको भ्रमण हुँदा कृष्णचोकमा स्थानीयले खुकुरी प्रहारको प्रयास भनी भ्रमपूर्ण समाचार प्रकाशित गरेको भनी प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

रोल्पा गंगादेव गाउँपालिका वडा नम्बर–३ घर घएका चन्द भक्तपुर सानोठिमी बस्दै आएका छन् ।

अपराध महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले चन्दविरुद्ध उजुरी परेपछि आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको बताएका छन् ।

अनामनगर काठमाडौंकै मिरमिरेअनलाइन डटकममा भने सो समाचारको लिंक फेला परेको छ ।

Published : Tuesday, 2018 November 27, 10:50 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया