धर्म प्रचारकको कार्यक्रममा ओली सरकार, कांग्रेसद्धारा बहिस्कार (भिडियो)

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कम्युनिस्ट सरकारलाई धर्म प्रचारक आइएनजिओको कार्यक्रममा सहप्रायोजक राखेको भन्दै आपत्ति जनाएको छ ।

काठमाडौंको बानेश्वरमा शनिबार कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आकस्मिक पत्रकार सम्मेलन गरेर नेपाल सरकारको खोजी भैरहेका बेला आफूले सरकारलाई आइएनजिओको कार्यक्रमका सहप्रायोजकका रुपमा फेला पारेको बताए ।

‘प्रधानमन्त्री केपी ओली र उहाँ नेतृत्वको सरकार हामी सबैको हो’, शर्माले भने, ‘हाम्रो सरकार धर्म प्रचारक आइएनजिओको सहप्रायोजकका रुपमा रहनु दुग्र्भाग्यपूर्ण छ ।’

क्रिश्चियन मुभमेन्ट चलाउँदै आएका नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको विशेष पहलमा एसिया प्यासिफिक समिट २०१८ नेपालका नाममा यूनिभर्सल पिस फेडरेसनले काठमाडौंको वौद्धस्थित होटेल ह्यातमा सम्मेलन हुँदै छ ।

सम्मेलन मंसिर १५ र १६ गते दुई दिन हुनेछ । कांग्रेसले आइएनजिओको कार्यक्रममा नेपाल सरकारलाई सहप्रायोजक रहेको भन्दै आपत्ति जनाएको हो ।

यो सम्मलनको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले गर्नेछन् ।

नेपाली कांग्रेसले संविधानमा मुलुक धर्मनिरपेक्ष भैसकेको अवस्थामा सरकारले धर्मप्रचारक संस्थाको कार्यक्रममा सहप्रायोजक हुन आपत्तिजनक रहेको प्रवक्ता शर्माले बताए ।

Published : Saturday, 2018 November 24, 5:22 pm

1 प्रतिकृया प्राप्त “धर्म प्रचारकको कार्यक्रममा ओली सरकार, कांग्रेसद्धारा बहिस्कार (भिडियो)”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया