कांग्रेसभित्र देउवाको कस्तो छ पोजिशन ?

काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति स्वर्गीय गिरिजा कोइरालादेखि सुशील कोइरालासम्म आइपुग्दा पार्टी व्यवस्थित नभएको भन्दै शेरबहादुर देउवाले नेतृत्व हत्याएका छन् ।

देउवाले विधि र विधानको पालना नभएको भन्दै राजनीति मात्र गरेनन्, यही नाराले १३औँ महाधिवेशनमा ठूलो फाइदा भयो ।

महाधिवेशन भएको साढे दुई वर्षसम्म पार्टीभित्र राम्रो व्यवस्थापन गर्नमा देउवा पनि चुकेको टिप्पणी हुन थालेको छ ।

सभापतिका रूपमा केन्द्रीय समितिमा देउवाको प्रभाव घटेको छैन । केही प्रभावशाली केन्द्रीय सदस्यले साथ छोड्नु, भ्रातृसंस्थाहरू निरन्तर कमजोर हुँदै जानु भनेको देउवाका लागि कठिन नै छ ।

आफैँले मनोनीत गरेका केन्द्रीय सदस्यहरू देउवासँग असन्तुष्ट छन् । गत तीनवटै निर्वाचन परिणाममा कांग्रेस कमजोर देखिनुले भने पार्टीको तल्लो तहसम्म देउवा बलिया छैनन् भन्ने सन्देश दिएको छ ।

यी सबै नतिजालाई ख्याल गर्दै तलबाटै चुनिएर आउने महाधिवेशन प्रतिनिधि निर्णायक हुँदा केन्द्रमा बहुमत देखिँदा पनि १४औँ महाधिवेशनमा देउवा कमजोर बन्न सक्छन् ।

१३औँ महाधिवेशनमा जिताउन भूमिका खेलेका कृष्ण सिटौला, अर्जुननरसिंह केसी, कुलबहादुर गुरुङ, चन्द्र भण्डारीले देउवाको साथ छाडेका छन् ।

यिनीहरूले छोड्नु पनि देउवाका लागि अर्को ठूलो चुनौती हो । विजयकुमार गच्छदारलाई उपसभापति बनाएर आफ्नै खेमामा टिकाउने, आफ्नो पक्षमा अनुशासन कायम राख्ने र पूर्वसंस्थापन पक्षलाई फाइदा नपुग्ने गरी पदाधिकारी थप नगर्दा भने देउवालाई फाइदा हुन सक्छ ।

Published : Saturday, 2018 November 24, 12:29 pm

1 प्रतिकृया प्राप्त “कांग्रेसभित्र देउवाको कस्तो छ पोजिशन ?”

  • आंखा धमिलिई सके, खुट्टा लड्खडाउन थाले, टाउको हिंउ सरि भैसक्यो, बोलि बुझिदैन, सोच्ने शक्ति सुन्य भैसक्यो, जुम्रालेपनि छाड्नु पर्ने बेलाभएका मानिसका सन्धर्बमा केको तर्क हो यो ।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया