नेपालको यो खोला चीनलाई बेचेर भारतले बोरामा पैसा लैजाँदै

काठमाडौं । नेपालको एउटा खोलालाई भारतले चिनियाँ कम्पनीसँग बेचेको रहस्य बाहिर आएको छ ।

माथिल्लो मर्स्याङ्दी २ जलविद्युत आयोजनालाई भारतले तीन अर्ब रुपियाँमा बिक्री गरेको हो । भारतीय कम्पनी जीएमआरले माथिल्लो मर्स्याङ्दी–२ जलविद्युत् आयोजनाको लाइसेन्स ११ वर्ष आफ्नो कब्जामा राखेको थियो ।

६ सय मेगावाटको यो आयोजना हङकङमा मुख्यालय रहेको सिचुवान इन्भेस्टमेन्ट ग्रुप कम्पनीले किनेको छ । बेचबिखनलाई लगानी बोर्डले समेत भारतलाई स्वीकृत गरिसकेको स्रोतले जनाएको छ ।

लाइसेन्स बेचेबापत प्राप्त हुने रकम भारत लैजान जीएमआरले राष्ट्र बैंकको अन्तिम स्वीकृति पाउन लागेको छ ।

राष्ट्र बैंकको विदेशी विनिमिय व्यवस्थापन विभागका प्रमुख तथा कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले जीएमआरले नेपाली खोला र जलविद्युत आयोजना बिक्री गरेको रकम लैजान राष्ट्र बैंकले स्वीकृति दिन लागेको बताएका छन् ।

Published : Friday, 2018 November 23, 12:55 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया