‘ड्रिम गर्ल’ले अधिकांश हल ओगट्या, शुक्रबार रिलिज

काठमाडौं । फिल्म निर्देशक ऋषिराज आचार्यद्वारा निर्देशित ‘ड्रिम गर्ल’ शुक्रबारबाट देशभरि रिलिज हुँदैछ ।
‘ड्रिम गर्ल’ राजधानीका मल्टिप्लेक्स पनि लाग्नेछ । ‘ड्रिम गर्ल’को रिलिज समय नजिकिएका बेला कलाकार र निर्माण पक्ष फिल्मको प्रचार प्रसारका लागि सक्रिय भएको छ ।
शुक्रबार रिलिज हुन लागेका साना व्यानरका फिल्महरूले हल नपाइरहेका बेला ‘ड्रिम गर्ल’ले धेरै हल हातपारेको छ ।
‘ड्रिम गर्ल’लाई प्रेमकथामा निर्माण गरिएको छ । फिल्मको कथा र निर्माण स्वयं निर्देशन आचार्यले गरेका हुन् । ‘ड्रिम गर्ल’ पूर्ण मनोरञ्जनात्मक फिल्म रहेको निर्देशक आचार्यले बताए । फिल्मले दर्शकलाई मनोरञ्जन दिने निर्देशक आचार्यको दाबी छ ।
फिल्ममा दुई करोडभन्दा बढी लगानी लागेको छ । ‘ड्रिम गर्ल’का गीतहरू उत्कृष्ट बनेका छन् । युट्युवमा गीतले राम्रो भ्यू पाएका छन् ।
फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी, सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सन बिक्रम राई, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डित लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत