कांग्रेसले बढाउँला पदाधिकारीहरूको संख्या ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले संस्थापन इतर पक्षले फेरि पनि महासमिति सार्ने योजनाअनुसारका गतिविधि गरेको आरोप लगाएको छ । तर, सभापति शेरबहादुर देउवा समूहले आरोप अस्वीकार गरेको छ ।

विधान संशोधन मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले अब विधानका कारण महासमिति बैठक नसर्ने बताएका छन् । कांग्रेसको विधानको मस्यौदा तयार भइसकेको लेखकले बताएका छन् ।

केही विषयमा फरक मत आएका छन् । तिनमा सहमति भए सहमतिअनुसार नभए फरक मतसहित केन्द्रीय कार्यसमितिमा बुझाउन सकिन्छ । अहिले समय भएकाले सहमति गर्ने कोसिस भइरहेको नेताहरूले बताएका छन् ।

पौडेल समूहले केन्द्रीय कार्यसमिति बैठक बोलाएर मस्यौदामाथि छलफल सुरु नगरिए महासमिति फेरि सर्न सक्ने आरोप लगाएको छ ।

पदाधिकारी संख्या कति राख्ने भन्नेमा संस्थापन र पौडेल समूहका आ–आफ्नै रणनीतिक प्रस्ताव छन् । दुवै समूहले १४औं महाधिवेशनलाई लक्षित गरी आफू केन्द्रित विधान चाहेका छन् ।

इतर पक्षले केन्द्रीय कार्यसमितिसँगै पदाधिकारीको संख्या पनि बढाउनुपर्ने तर्क गर्दै आएको छ । पौडेल समूहले ११ सदस्यीय पदाधिकारीको प्रस्ताव गरेको छ । सभापति, उपसभापति–३, महामन्त्री–३, सहमहामन्त्री–३ र कोषाध्यक्ष १ छन् ।

देउवा समूहले पदाधिकारी नबढाउने योजनामा छ । देउवा समूहले कार्यसमितिको आकार १ सय २५ सदस्यीय पु¥याउने प्रस्ताव छ ।

पौडेल समूहमा आधा दर्जनजति सभापतिका आकांक्षी छन् । उनीहरूको व्यवस्थापनका लागि पनि पदाधिकारी बढाउनैपर्ने बाध्यता पौडेललाई छ ।

सभापति देउवा भने पदाधिकारी नबढाउने पक्षमा छन् । यसो गर्दा पौडेल समूहका सभापति आकांक्षीहरूमा असन्तुष्टि बढ्ने र त्यसको फाइदा आफूलाई पुग्ने बुझाइ छ ।

Published : Wednesday, 2018 November 21, 11:55 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया